• १४ जेठ २०८१, सोमबार

अर्जुन चौपारीको बजेट ४४ करोड

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असार ९ गते । अर्जुन चौपारी गाउँपालिकाले आर्थिक बर्ष २०७९–८० का लागि ४४ करोड १८ लाख १९ हजार रुपियाँ बराबरको बजेट प्रस्ताब गरेको छ । 

पालिकाको ११ गाउँसभामा उपाध्यक्ष सपना गुरुङ्ले विनियोजन बजेटमध्ये १४ करोड ३३ लाख ८९ हजार रुपियाँ पूँजिगततर्फ प्रस्ताब गर्नु भएको छ । यस्तै, सात करोड ३९ लाख ३० हजार रुपियाँ चालु खर्चतर्फ प्रस्ताब गर्नुभएको छ । बजेटमा सशर्त अनुदानतर्फ १८ करोड ४५ रकम चालु तथा पूँजिगत बजेट बिनियोजन भएको छ । 

आगामी बर्षको अनुमान गरिएको बजेटमा नेपाल सरकारबाट बित्तिय समानिकरण अनुदान नौ करोड चार लाख, राजस्व बाँडफाँटबाट ६ करोड ७८ लाख २५ हजार, सशर्त अनुदान १८ करोड ४८ लाख, संघीय बिशेष अनुदान दुई करोड ३० लाख, प्रदेश सरकारबाट बित्तिय समानीकरण ९८ लाख ३९ हजार, समपुरक अनुदान ५० लाख, शसर्त अनुदान ५० लाख, प्रदेश राजस्व बाडफाड ३७ लाख ५५ हजार, संघ समपुरक ७० लाख, आन्तरिक राजस्वबाट ५५ लाख र अल्या चार करोड खर्च ब्यहोर्ने स्रोत रहेको छ । 

सदरमुकामबाट सबैभन्दा नजिकको पालिका सदरमुकाममा एक मिटर पनि कालोपत्रे नभएको र कर्णालीको रुपमा रहेको अर्जुन चौपारी गाउँपालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । अर्जुन चौपारी नुवारभञ्ज्याङ स्याङ्जा जोड्ने सडक अर्जुन चौपारी, आँधीखोला र पुतलीबजारका करिब ४० हजार जनताले उपयोग गर्ने भए तापनि यो सडकको अवस्था नाजुक रहेको छ । 

उक्त सडक गाउँपालिकाबासीलाई जिल्ला सदरमुकाम र प्रदेश राजधानी पुग्नलाई धेरै सजिलो, समयको साथै लागतको बचत हुनेभएकाले पालिकाले कृष्णचन्द्र मार्ग घोषणा गर्दै रणनैतिक महत्वको रुपमा राखेको छ । 

श्रम बजारमा प्रवेश गर्ने युवा, बैदेशिक रोजगारीबाट फर्किएका तथा स्वदेशमा रोजगार गुमाएका र स्थानीय तहको रोजगार समन्वय ईकाइमा सूचीकृत भएका बेरोजगारलाई क्षमता अभिबृद्धि गर्न हस्तकाला, प्लम्बिङ, बिजुली मर्मत, सिकर्मी, डकर्मी, ड्राइभिङजस्ता सीप बिकास तालिमलाई प्राथमिकता दिएको छ । 

माध्यमिक तहको शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र प्रविधिमैत्री बनाइने, सामुदायिक विद्यालयको गुणस्तर सुधारमा विशेष ध्यान, माध्यमिक तहमा वित्तीय साक्षरता शिक्षा सञ्चालन गर्ने पालिकाले लक्ष्य लिएको छ । 

“अशक्तलाई घरमा–अन्यलाई टोलमा” स्वास्थ्य सेवा साथै आवश्यक औषाधी वितरण गरी सामुदायिक स्वास्थ्य सेवा घर घरमा पुर्याइने, गर्भवती महिला, शिशु, बालबालिका, अस्वस्थ व्यक्ति, आदिको हेरचाह र उपचारमा विशेष कार्यक्रम पालिकाको प्राथमिकतामा राखेको छ ।