• ३० फागुन २०८२, शनिबार

मतदाता भेट्न गुर्जा पुग्नुभयो महावीर पुन

blog

नवनिर्वाचित सांसद पुनसहित विकट गाउँ गुर्जा पुगेको टोली । तस्बिर : गोरखापत्र अनलाइन

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन ३० गते । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएपछि डा. महावीर पुन शनिबार धवलागिरि गाउँपालिका–१ को दुर्गम गाउँ गुर्जा पुग्नुभएको छ ।

निर्वाचित भएलगत्तै विजयोत्सव तथा र्‍यालीको आयोजना नगरी पोखरामा पुस्तक बिक्री गर्न निस्किनुभएका पुन तीन दिन पुस्तक बिक्री गरेपछि भौगोलिक रूपमा दुर्गम गुर्जाका स्थानीयहरूसँग भेटघाट, छलफल र गुनासाहरू सङ्कलन गर्न जानुभएको हो ।

सहयोगीसहित गुर्जा पुग्नुभएका नवनिर्वाचित सांसद पुनलाई वडाध्यक्ष झकबहादुर छन्त्याल लगायत स्थानीयहरूले स्वागत गर्नुभएको छ । भेटघाट र छलफलका क्रममा स्थानीयहरूले सडक निर्माण, पशुपालन, शिक्षा र स्वास्थ्यका समस्याहरूलाई संसद्‌मा उठाउन अनुरोध गर्नुभएको पुनका सहयोगी चित्र तिलिजाले जानकारी दिनुभयो ।

निर्वाचन जितेपछि मतदातालाई धन्यवाद दिन तथा स्थानीय आवश्यकता बुझ्न उहाँ गुर्जा जानुभएको तिलिजाले बताउनुभयो । सांसद पुनले म्याग्दीका स्थानीय तहहरूसँग आगामी आर्थिक वर्षका लागि योजना तथा बजेटका बारेमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको तिलिजाले जानकारी दिनुभयो ।