लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित
लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० का लागि प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट पारित भएको छ । लुम्विनी प्रदेश सभाको १० औं अधिवेशनको बैठकमा विभिन्न चरणमा भएको बजेट सम्वन्धी छलफलपछि बजेट बुधवार प्रदेश सभामा बहुमतबाट पारित भएको हो ।
स्थानीय तहका प्राथमिकतामा पुरानै कुरा
महोत्तरीका १० नगरपालिकामध्ये आठ र पाँच गाउँपालिकामध्ये तीनले आ–आफ्ना तहको गाउँ–नगरसभा सम्पन्न गरेका छन् । भव्य समारोहबीच सम्पन्न भएका यी कार्यक्रमबाट ‘हामीले के पायौँ ’ भन्ने जिल्लाका आम किसानको चासो छ ।
प्राथमिकतामा पूर्वाधार विकास
सुर्खेत जिल्लाका नौवटा पालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । बजेट आकारका हिसाबले वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो झन्डै दुई अर्बको बजेट ल्याएको छ । चिङ्गाड गाउँपालिकाले सबैभन्दा कम ३९ करोड ३८ लाखको बजेट सार्वजनिक गरेको छ । प्रायः पालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, विद्युतीकरणलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेका छन् ।
बैतडीका स्थानीय तहको बजेट पाँच अर्ब ३५ लाख
बैतडीको चार नगरपालिका र ६ गाउँपालिकाले आ.ब. २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पाँच अर्ब ३५ लाख ३० हजार रुपियाँ बराबरको बजेट ल्याएका छन् । शुक्रबार सम्पन्न गाउँसभा तथा अधिवेशबाट स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकता दिएका छन् ।
म्याग्दीका स्थानीय तहको बजेट ३ अर्ब ८३ लाख ४६ हजार
म्याग्दीका ६ वटा स्थानीय तहले आगमी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट पारित गरेका छन् । शुक्रबार सम्पन्न गाउँ तथा नगरसभा मार्फत बेनी नगरपालिका,मंगला,मालिका,धबलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट ३ अर्ब ८३ लाख ४६ हजार रुपियाँ बराबरको बजेट पारित गरेका हुन ।
ताप्लेजुङका स्थानीय तहको बजेट साढे तीन अर्व बढी
ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्व बढी बजेट ल्याएका छन् । जिल्ला नौ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९-८० का लागि उक्त बजेट र आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
अध्यक्षकी आमाको मृत्यु भएपछि गाउँसभा स्थगित
सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकायाकी आमाका मृत्युु भएपछि गाउँसभा स्थगित भएको छ । शुुक्रबार चार बजे सभामा बजेट प्रस्तुुत भई रहेको समयमा अध्यक्षकी आमाको मृत्युुको खबर आएपछि सभा स्थगित भएको हो ।
सुदूरपश्चिमका स्थानीय तहले ल्याए बजेट
सुदूरपश्चिम प्रदेशका स्थानीय तहले आगामी वर्षका लागि बजेट ल्याएका छन् । सुदूरपश्चिममा ८८ स्थानीय तह रहेकोमा अधिकांश पालिकाले बजेट प्रस्तुत गरेको अनुमान छ । संवैधानिक व्यवस्थाअनुसार नगर तथा गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्षले आगामी वर्षको अनुमानित आय व्यय विवरण नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन् । शुक्रबार प्रस्तुत गरिएको बजेटमाथिको छलफल भने केही दिनसम्म जारी रहनेछ । सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी १३ पालिका रहेको कैलालीका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । विगतमा मोहन्याल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेको थिएन ।
स्थानीय तहले ल्याए बजेट
मधेश प्रदेशभित्रका स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । प्रदेशमा महानगरपालिका एक, उपमहानगरपालिका तीन, नगरपालिका ७३ र गाउँपालिका ५१ गरी १३६ वटा स्थानीय तह रहेका छन् ।