• २३ वैशाख २०८१, आइतबार

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

blog

काठमाडौं, जेठ १५ गते । सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फर्म द हिमालय” कार्यक्रम घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुहुँदै  हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनिरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताउनुभएको हो ।

नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उहाँको भनाइ छ ।