• १६ चैत २०८०, शुक्रबार

विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम सुरु

blog

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।

आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उहाँले बताउनुभएको छ । प्रारम्भिक बालविकास केन्द्रको नक्शाकङ्न गरी पुनः वितरण गरिने उहाँले घोषणा गर्नुभएको छ ।

बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने छ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने उहाँको भनाइ छ ।

हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्री डा. महतले बताउनुभयो । मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।