• २३ वैशाख २०८१, आइतबार

उत्पादन र रोजगार समृद्धिको आधार

blog

आर्थिक वर्ष २०८०/०८१को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले उत्पादन र रोजगार: समृद्धिको आधार को नारालाई आत्मसात् गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुहुँदै डा.महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवम् मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ भने उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभएको हो ।