• २२ वैशाख २०८१, शनिबार

इ-कमर्सबाट नेपाली वस्तु र सेवाको व्यापार प्रवर्द्धन गर्न कानुनी व्यवस्था गरिने

blog

काठमाडौं, जेठ १५ गते । इ-कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले ई–कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने बताउनुभयो । साथै, विद्युतीय हाटबजारमार्फत लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गरिने उहाँले बताउनुभएको छ ।