राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश
सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलिय पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिएको छ ।
आपूर्ति र समग्र व्यवस्थापनबारे उच्चस्तरीय समिति गठन गरिने : मन्त्री बडू
चालू आर्थिक वर्षको जेठ महिनाको पहिलो हप्तासम्म करिब रु दुई खर्ब ५७ अर्बको पेट्रालियम पदार्थको आयात
मूल्यवृद्धिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाका सांसदले देशमा भएको मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
पेट्रोलियम पदार्थ ऐन ल्याउन सांसद थापाको माग
नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि पेट्रोलियम पदार्थ ऐन ल्याउनुपर्ने बताउनुभयो छ ।
सांसद सुनुवारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्नुभएको छ ।
अर्थमन्त्री शर्माले वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै (लाइभ)
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै छ ।
नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश कार्यक्रमहरु कार्यान्वयनका लागि पूर्वतयारी सुरु
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका विषयहरु कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।
प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम र बजेट ल्याउँछौँ : मुख्यमन्त्री राउत
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।
सङ्घीयता कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत
सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसद जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहाल समर्थक रहेको प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
राष्ट्रियसभामा बैठक : ‘स्रोत र शक्तिको न्यायोचित बाँडफाँट गरी सङ्घीयतालाई बलियो बनाऔँ’
सरकारका तहहरुबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तका आधारमा हुन नसकेको भन्दै सांसदहरुले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आगामी आवको बजेट : निर्यात प्रवर्द्धन र कृषिका कार्यक्रम सकारात्मक
सांसदहरूले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा निर्यात प्रवर्द्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताउनुभएको छ ।
प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वर्षात् नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
‘गुणस्तरीय शिक्षाका लागि शिक्षक सवल बनाउनुपर्छ’
प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
बजेट कार्यान्वयन हुनुपर्छ : सांसद थापा
“बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ”, उहाँले भन्नुभयो, “तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ ।”
राष्ट्रियसभा बैठक : ‘बजेट ठीक–बेठीक छुट्याउन सक्नुपर्छ’
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिनुभएको छ ।
किसान पानी, मल र बिउ नपाएर समस्या झेल्न बाध्य : सांसद त्रिपाठी
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले वर्षेनी किसानहरु पानी, मल र बिउ नपाएर समस्या झेल्न बाध्य भएको बताउनुभएको छ ।
चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो छ ।
राष्ट्रियसभा बैठक : राजस्व र व्ययको वार्षिकअनुमानमाथि छलफल
राष्ट्रियसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ ।
उत्पादनमुखी बजेट सकारात्मक रहेको सांसदहरुको धारणा
सत्तारुढ दल नेपाली कांग्रेस सांसद पद्मनारायण चौधरीले मुलुक सङ्कटग्रस्त अवस्थामा रहेकाले अहिले बजेटले कृषिलाई प्राथमिकता दिएको बताउनुभयो ।
कृषि क्षेत्र सुधारको एकीकृत प्याकेज बजेटमा प्रस्तुत : सांसद बस्नेत
कपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्र, वर्ग र समुदायमा उत्साह थप्ने गरी सन्तुलन कायम गरेको बताउनुभएको छ ।
हरेक महिना १२ देखि १५ करोड डलर घट्दै : सांसद पाण्डे
नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको छलफलमा भाग लिनुहुँदै सांसद पाण्डेले डलरको सञ्चिति घट्ने क्रम जारी रह्यो भने नेपालको अवस्था श्रीलङ्काको जस्तो हुनेसक्ने चेतावनी दिनुभएको हो ।
“बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण”
प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् ।
राष्ट्रियसभामा बजेट छलफल, विभिन्न दलका सांसदको धारणा
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र देखाएको टिप्पणी गर्नुभएको छ ।
बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ : पूर्वमन्त्री पुन
नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताउनुभएको छ ।