• २४ वैशाख २०८१, सोमबार

सांसद सुनुवारद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २० गते । नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्नुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिनुहुँदै सांसद सुनुवारले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्नुभएको हो ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धिबारे छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग पनि सांसद सुनुवारले गर्नुभएको छ ।

पेट्रोलियम पदार्थको मृल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्नुभएको थियो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्नुभएको छ ।