• २५ वैशाख २०८१, मङ्गलबार

कृषि क्षेत्र सुधारको एकीकृत प्याकेज बजेटमा प्रस्तुत : सांसद बस्नेत

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १८ गते । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्र, वर्ग र समुदायमा उत्साह थप्ने गरी सन्तुलन कायम गरेको बताउनुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बस्नेतले सो धारणा राख्नुभएको हो ।

‘‘बजेटले कृषि क्षेत्रको सुधारलाई अर्थतन्त्रको सुधारको आधार बनाउने प्रयास गरेको छ । कृषि क्षेत्र सुधारको एकीकृत प्याकेज बजेटमा प्रस्तुत भएको छ ।,’’ उहाँले भन्नुभयो ।

उहाँले बजेटमा आएका यी योजनाले कृषिको सुधार र औद्योगिकीकरणमा महत्वपूर्ण आधार तयार गर्ने विश्वास लिएको बताउनुभयो ।

‘‘हाम्रो आर्थिक नीतिले जनतालाई सामाजिक सुरक्षाका हकदार बनाउने मात्रै होइन, उनीहरुलाई आर्थिक विकासको प्रक्रिया र संरचनामा सहभागी गराउँदै प्रतिफलको हिस्सेदार बनाउनेतर्फ ध्यान दिनुपर्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसको लागि सार्वजनिक निजी साझेदारी र सहकार्यतर्फ ध्यान दिन आवश्यक छ ।’’