झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड विनियोजन
सरकारले झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घ, प्रदेश र स्थानीय तहका लागि लागत साझोदारीमा आधा घण्टा हिँडाइको दुरीमा तरितलाउको सुविधा पुर्याउन झोलुङ्गे पुल निर्माणका लागि तीन अर्ब ४० करोड विनियोजन गरिएको जानकारी दिनुभयो।
प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने
सरकारले प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताउनुभएको हो ।
उद्यमशीलता प्रवर्द्धनका लागि छ अर्ब ५५ करोड विनियोजन
सरकारले आगामी आर्थिक वर्षको बजेटमा उद्यमशीलता प्रवर्द्धनका लागि छ अर्ब ५५ करोड रुपियाँ रकम विनियोजन गरेको छ ।
पाँच लाखलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
सरकारले पाँच लाख सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्ने भएको छ ।
जनकपुरलाई विवाह गन्तव्य बनाइने
धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकसित गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा मङ्गलबार प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।
सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब ६० करोड रकम विनियोजन
सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा विस्तार गर्न सरकारले एक अर्ब ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब दिने घोषणा
सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब रुपियाँ दिने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै यस्तो घोषणा गर्नुभएको हो ।
स्थानीय सडकको स्तरोन्नतिका लागि चार अर्ब २७ करोड विनियोजन
सरकारले आगामी आर्थिक वर्षमा स्थानीय सडकको स्तरोन्नतिका लागि चार अर्ब २७ करोड विनियोजन गरेको छ ।
तस्बिरमा सांसदहरूले भरिएको संयुक्त सङ्घीय सदन
संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते सङ्घीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्नुभएको छ ।
बङ्गलादेशमा विद्युत निर्यात गर्ने सरकारको योजना
सरकारले आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने
सरकारले औषधी प्रयोजनको लागि गाँजाको व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।
पशुपन्क्षीको खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड बजेट विनियोजन
सरकारले पशुपन्क्षीको महामारी रोग नियन्त्रण गर्न खोप उत्पादन तथा सेवा सञ्चालनका लागि ४० करोड बजेट विनियोजन गरेको छ ।
चालु आवमा १५ खर्ब ३० अर्ब मात्र बजेट खर्च हुने सरकारको अनुमान
आर्थिक वर्ष २०८०8/८१ मा १५ खर्ब ३० अर्ब रुपियाँमात्र बजेट खर्च हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै ८७ प्रतिशतमात्र खर्च हुने अनुमान गर्नुभएको हो ।
राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पुर्याउने
सरकारले आगामी आर्थिक वर्ष नौ सय मेगावाट थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने बताएको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने सरकारको घोषणा
सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
सरकारी डेटा सेन्टरको स्तरोन्नति हुने
सरकारले सरकारी डेटा सेन्टरको स्तरोन्नति गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा सरकारी डेटा सेन्टरको स्तरोन्नति गरिने बताउनुभएको हो ।
चालु आवको आय/व्ययको अनुमान दोस्रो पटक संशोधन
चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय र व्ययको अनुमान दोस्रो पटक संशोधन गरिएको छ । यसअघि चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत् आय र व्ययको अनुमान संशोधन गरिएकोमा मङ्गलबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत पनि चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको छ ।
आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताउनुभयो ।
२०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषण गर्ने
सरकारले कृषि क्षेत्रमा वि.सं. २०८१ देखि २०९१ सम्म कृषि लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
शिशु मृत्युदर २१ मा झर्यो
अर्थमन्त्री वर्षमान पुनले शिशु मृत्युदर २१ मा झरेको बताउनुभएको छ । सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
बजेट भाषण : प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर
अर्थमन्त्री वर्षमान पुनले नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर एक हजार ४५६ पुगेको बताउनुभएको छ ।
शिथिल अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ
अर्थमन्त्री वर्षमान पुनले शिथिल अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
संसदमा अर्थमन्त्रीद्वारा बजेटको प्रस्तुति
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गर्नुभएको छ ।
बजेटको ब्रिफकेससहित अर्थमन्त्री संसदमा
मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गरेको हो ।