• १३ साउन २०८१, आइतबार

सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब ६० करोड रकम विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा विस्तार गर्न सरकारले एक अर्ब ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा विस्तार गर्न जुजुवाइर नरेइनापुर शाखा नगरको निर्माण कार्य अगाडी बढाउनका लागि सरकारले एक अर्ब ६० करोड रकम विनियोजन गरेको उहाँले बताउनुभयो ।