ललितपुर (गोदावरी), जेठ ३१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘नेवाः राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन’ शनिबारदेखि सुरु भएको छ ।
शनिबार ललितपुरको गोदावरीमा आयोजित अधिवेशनको जसपा अध्यक्ष उपेन्द्र यादवले उदघाटन गर्नुभएको हो ।
गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता–फल्चाको प्राङ्गणमा बिहान ८ बजेदेखि नेवार समुदाको स्थानीय पहिरन र संस्कृति झल्किने गरी हजारौँको सङ्ख्यामा र्याली निकालिएको थियो ।
जसपा नेपालका केन्द्रीय अध्यक्ष यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष विधुत बज्राचार्यको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेतृत्वसहित काठमाडौँ उपत्यकाका स्थानीय नेवार समुदायको बाक्लो उपस्थिति रहेको छ ।