काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा दुई लाखलाई न्यूनतम रोजगारी प्रदान गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सार्वजनिक निर्माण कार्यमा लगाउनका लागि दुई लाखलाई न्यूनतम १०० दिनको लागि रोजगारी प्रदान गरिने बताउनुभयो ।
जसका लागि ६ अर्ब बजेट विनियोजन भएको हो ।