शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १५ गते । संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते सङ्घीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको छ । सो अवसरमा सदनमा सांसदहरूको उपस्थिति सघन रहेको छ । यसअघि सदन बैठकमा सांसदहरूको उपस्थिति पातलो गरी रहँदैआएको थियो ।