• १० मंसिर २०८१, सोमबार

सङ्घीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

blog

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउनुभएको छ । भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरिएको हो । 

त्यस्तै स्थानीय तहका पालिकाहरूको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उहाँले बताउनुभयो । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपियाँ विनियोजन गरिएको छ ।