• ८ जेठ २०८१, मङ्गलबार

राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौँ, वैशाख २८ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन सुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २८ गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप राष्ट्रियसभा बैठकको बजेट अधिवेशन सुरु भएको छ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार दिउँसो २ बजेबाट बैठक सुरु भएको हो ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसदमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसक्नुभएको छ ।