• १२ साउन २०८१, शनिबार

गुल्मीदरबार गाउँपालिकाको बजेट झण्डै ४६ करोड

blog

तिलाचन पाण्डे
तम्घास, असार १० गते ।
 गुल्मीदबार गाउँ पालिकाले झण्डै ४६ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४५ करोड ९३ लाख आठ हजार बजेट गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेगाले प्रस्तुत गर्नु भएको हो ।

बजेटमा चालु तर्फ ३४ करोड १५ लाख आठ हजार र पुँजीगत तर्फ ११ करोड ७८ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ ।बजेटमा कृषि, पशुपालन, पर्यटन, खानेपानी, शैक्षिक सुधार रोजगारीलाई बजेटले प्राथमिकता दिएको छ ।