• १५ असार २०८१, शनिबार

मुगुका दुई स्थानीय तहको बजेट सार्वजनिक

blog

जिल्लाको छायाँनाथ रारा नगरपालिका नीति तथा कार्यक्रममा छलफल गर्दै । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, असार ११ गते । 
जिल्लाका चारवटा स्थानीय तहमध्ये दुई वटाले मात्र आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५३  करोड ५१ लाख दुई हजार ९६ रुपियाँ प्रस्ताव गरिएको छ ।

त्यसैगरी मुगुम कार्मारोङ गाउँपालिकाको पुँजीगत सात करोड १९ लाख ४३ हजार र चालु तर्फ २६ करोड १७ लाख ३८ हजार गरी कुल ४१ करोड ५९ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १४ औँ गाउँ सभामा उपाध्यक्ष केशरबहादुर शाहीले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ५३ करोड ६१ लाख दुई हजार ९६ रुपियाँ बजेट प्रस्तुत गर्नुभएको हो । पालिकाले अघिल्लो चालु आर्थिक वर्ष २०८०/०८१ मा ४६ करोड ४६ लाख ४७ हजार बजेट प्रस्तुत गरेको थियो  । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले झन्डै आठ करोड बजेट बढी प्रस्ताव गरेको छ ।

उक्त कुल प्रस्तावित बजेटमध्ये पुँजीगत तर्फ २२ करोड ८४ लाख ७० हजार रहेको भने भने चालु तर्फ ३० करोड ६६ लाख ३२ हजार ९६ रुपियाँ रहेको उपाध्यक्ष शाहीले जानकारी दिनुभयो । यता जिल्लाका दुई पालिका छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँ पालिका नीति तथा कार्यक्रमको छलफलमा जुटेका छन् ।