चितवनको खैरहनी नगरपालिकाले बजार व्यवस्थापन तथा अतिक्रमण हटाउने काम सुरु गरेको छ । सडक तथा सार्वजनिक क्षेत्रमा बनाएका घर टहरा तथा बजारको संरचना हटाउन सुरु गरेको हो । सार्वजनिक क्षेत्र मिचेर व्यवसाय सञ्चालन गर्दा बजार अव्यवस्थित तथा कुरुप बनेको थियो ।
सुदूरपश्चिम प्रदेशका दलित अगुवा गणेश विक सङ्घीय संसद्को प्रतिनिधि सभा सदस्यका लागि चौथो पटक समानुपातिक सूचीमा पर्नु भएको छ । यसअघि तीन पटक समानुपातिक सूचीमा परे पनि उहाँ सो प्रणालीबाट निर्वाचित हुन सक्नु भएन ।
बीपी राजमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने उद्देश्यले जिल्लाको रोशी गाउँपालिकाले बीपी राजमार्गछेउमा ‘डम्फु पार्क’ निर्माण सुरु गरेको छ ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ११ का रामबहादुर माझी इन्द्रावती नदीको बगरमा टिप्परमा बालुवा लोड गर्दैगर्दा भेटिनुभयो ।
हिन्दु धर्मावलम्बीहरूको महŒवपूर्ण पर्व विजयादशमीको सातौँ दिन आइतबार मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेका देवीका मन्दिरमा दर्शनार्थी तथा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन् ।
२०७९ सालको दशैँको रौनकले आमनेपालीको घरआँगनमा उत्साह छाएको छ । यो चाड मनाउन देश–विदेशमा रहेका नेपाली आआफ्नो कर्मथलो छाडेर गाउँघर फर्किने क्रम तीव्र छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ साल मङ्सिर ४ गते हुन गइरहेको छ । प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम १६५ सिटमा र समानुपातिक निर्वाचन प्रणालीबमोजिम ११० गरी २७५ सिटमा र प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम ३३० र समानुपातिक निर्वाचन प्रणालीबमोजिम २२० गरी ५५० सिटमा निर्वाचन हुँदै छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरी ८२५ जनप्रतिनिधिलाई एक करोड ७९ लाख ८८ हजार ५७० बालिग मतदाताले निर्वाचित गरी पठाउने छन् ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन तय गरिएको मङ्सिर ४ गते नजिकिँदै छ ।
शिलान्यास र उद्घाटनका कार्यक्रममा प्रधानमन्त्री, मन्त्री र नेताका भाषण नै समाचारका मुख्य विषय बन्दै आएको नेपालको सन्दर्भमा लुकेको, लुकाइएको र लुकाउन खोजिएको विषयको गहिराइमा पुगेर समाचार खोतल्ने अनि त्यससम्बन्धी पर्याप्त प्रमाण बटुल्ने मुख्य उद्देश्यले २५ वर्षअघि सुरु गरिएको खोज पत्रकारिता एउटा नयाँ अभ्यास थियो । खोज पत्रकारिताको विकासका लागि स्थापना गरिएको खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल, फिलिपिन्स सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (पीसीआईजे) पछि एसियाकै दोस्रो संस्था हुन पुगेको छ ।
दशैँ आयो, खाउँला पिउँला ... । हरेक वर्ष नेपालमा मनाइँदै आएको हिन्दु धर्मावलम्बीको सांस्कृतिक पर्व दशैँ सुरु भसकेको छ । दशैँमा मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लि
सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त हुनुहुन्थ्यो । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उहाँका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताउनुभएको छ।
काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्।
तनहुँमा जनता आवास कार्यक्रम अन्तर्गत दुई सय ८६ जना विपन्न परिवारले दशैं नयाँ घरमा मनाउन पाउनुभएको छ । झुप्रोबाट छुटकारा पाई पक्की घरमा चाड मनाउन पाउँदा गरिब परिवारका सदस्यले खुसी भएको बताउनुभएको छ ।