राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वडादशैं २०७९ को शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।
नेपालीको महान चाड दशैं–तिहार मनाउन भारतका विभिन्न ठाउँबाट घर फर्केर आउनेको संख्या बढ्दैगएको छ । घटस्थापनाका दिनसम्म दैनिक चार–पाँच सय नेपालीहरु घर फर्कनेगरेका थिए । सोपछि फुलपाती वा सप्तमीसम्म यसअघि दैनिक तीन हजारसम्म नेपालीहरु घर फर्कने गरेको त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक मीनबहादुर ऐरले बताउनुभयो ।
ढलमार्फत प्रशोधन गरेर विद्युत् तथा मल उत्पादन गर्ने योजना अन्तरगत पाइप बिछ्याउने क्रममा भत्काइएको दमक बजार तथा चोक आसपासका सडक पानी पर्दा हिलाम्मे र पानी नपर्दा धुलाम्य बनेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
काठमाडौं, असोज १६ गते । दशैं तिहारजस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरूको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ ।गीतले खासगरी दशैं र तिहार जस्ता चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ । यो गीतले लाहुर गएको श्रीमान् र उनलाई कुरिरहेकी श्रीमतीको भाव र मायाको छटपटीलाई देखाइएको छ ।सङ्गीत तयार गर्नुभएका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उहाँले शब्द भने अनिल शर्माको सहयोगमा तयार गर्नुभएको हो ।म्युजिक भिडियो हरि हुमागाईँले निर्देशन गर्नुभएको हो । भिडियोमा उत्तम हुमागाईँको छायाङ्कन र हरिकै सम्पादन छ । कन्सेप्ट डिजाइन भिडियोमा पुष्पन प्रधानको छ ।भिडियोमा प्रकाश सपुत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईँ, गोकुल हुमागाईँ, सायना हुमागाईँलगायतको अभिनय छ ।
दशैंको सातौं दिन आइतबार फूलपातीको बढाइँ टुँडिखेलमा विशेष समारोहबीच हुँदैछ।
बागलुङको काठेखोला गाउँपालिका –२ भीमापोखराको बिटाचौतारो कुनै समय दशैं–तिहारमा पिङ्ग र चमच्चा खेल्ने गन्तव्य थियो । ठूला दुई वटा खिर्राको रुपमा तयार गर्ने चमच्चा र नजिकैै निर्माण हुने पिङ्ग खेल्न बच्चादेखि बुढापाकासम्मको भीड लाग्ने गथ्र्यो । त्यतिबेला पिङ चमच्चा हाल्ने पाको पुस्ता अधिकांशको स्वर्गारोहण भयो । युवा पुस्ता बुढेसकालमा पुगे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले विकास, समृद्धि र सदभावलाई अघि बढाउने नेतालाई जनताले निर्वाचित गर्ने बताउनुभएको छ ।
अस्ताउन लागेको सूर्य । दिनभरको घाम डुब्न लाग्दाको क्षितिज । गोधुली साँझमा बालबालिका लिङ्गे पिङ खेल्दै रमाएका छन् । चचहुई गर्दै पिङ मच्चाउँदै आकाश छुन खोज्दाको निकै रमणीय महसुस भएको बालबालिकाको भनाइ छ ।
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाको निर्माणाधीन अस्पतालमा काम गरिरहेका बेला करेन्ट लागेर भारतको छोटावासीनभार ग्राम परमानन्दपुर पोष्ट बसन्तपुरका २८ वर्षीय मोहमद आजातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्पेनिस पावर हाउस बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई उसैको मैदानमा १–० गोलले हरायो ।
निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले दशैँको बिदामा पनि तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य निरन्तर चल्ने भएको छ ।
लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
न्यून आय भएका व्यक्तिलाई बीमाको दायरामा ल्याउन लघुु बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको छ । लघु बीमा सञ्चालन गर्ने अनुमतिका लागि ३१ वटा कम्पनी इच्छुक देखिएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सातवटै प्रदेशमा नार्क प्रविधि गाउँ स्थापना गर्ने भएको छ । हाल तीनवटा प्रदेशमा स्थापना भइसकेको छ ।
दशैँ सुरु भएसँगै कर्णाली प्रदेशको पहाडी तथा हिमाली जिल्लाका सर्वसाधारणलाई जहाजको टिकट पाउनै सकस भएको छ ।