• ४ जेठ २०८१, शुक्रबार

तनहुँ जलविद्युतको काम नरोकिने

blog

तनहुँ, असोज १६ गते । निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले दशैँको बिदामा पनि तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य निरन्तर चल्ने भएको छ । 

दशैँको बिदामा समेत नेपाली र विदेशी कामदारबाट काम हुने आयोजना निमित्त प्रमुख राजभाइ सिल्पाकारले जानकारी दिनुभयो । समयमा नै काम पूरा गर्न चाडपर्वको समयमा पनि काम तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो ।  

चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण गरिरहेको यो आयोजनामा ६० नेपाली र ४० चिनियाँ गरी हाल एक सय जनाले निरन्तर काम गरिरहेको शिल्पाकारले जानकारी दिनुभयो । अरू नेपाली कामदारलाई भने दशैँ बिदा दिइएको छ ।  आयोजनाको निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको ३० प्रतिशत काम पूरा 

निमित्त प्रमुख शिल्पाकारका अनुसार हालसम्म आयोजनाको ३० प्रतिशत काम पूरा भएको छ । 

२०६२ सालमा पहिचान भएको वर्षैभरि १४० मेगावाट विद्युत् उत्पादन हुने यो आयोजना नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । ७२६ वर्ग किलोमिटरको जलाशय क्षेत्र रहने र जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घनमिटर रहनेछ । 

यो आयोजनाको बाँधस्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ भने काँहुडाँडाभित्र एक हजार १६२ मिटर लामो सुरुङ मार्ग निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विद्युत् गृहमा पु¥याएर विद्युत् उत्पादन गरिनेछ ।  

तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् २२० केभीको डबल सर्किटबाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरमा राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

सुक्खायाममा विद्युत्को माग पूरा गर्न सरकारले प्राथमिकता दिई तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढाएको हो । सुक्खायामको अभाव पूरा गर्न यस आयोजनाले भरथेग गर्ने भएकाले यो आयोजनाको ठूलो महìव रहेको अयोजनाका इन्जिनियर प्रदीप न्यौपानेले बताउनुभयो ।  

Author

अमरराज नहर्की