कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय दशैँ मनाउने तयारीमा जुटेको छ । राउटेका मुखियाले केही दिनअघि प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलसँग भेट गरी आफूलाई दशैँमा मासुको व्यवस्था गर्न माग गरेका थिए । राउटेका लागि भगवतीमाई गाउँपालिकाले शुक्रबार दुईवटा खसी दिएको छ ।
कैलालीमा डल्फिन देखिँदै आएको क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ । टीकापुर, भजनी नगरपालिकाको क्षेत्र समेटेर संरक्षणकर्मीद्वारा डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको हो । खास गरेर टीकापुर नगरपालिका–७, बैदीस्थित ढुङ्गाना टोल, भजनी नगरपालिकाको–८, ३ लगायतका क्षेत्रमा बढी डल्फिन देखिने गर्छ ।
बाजुराको साँफे–मार्तडी राजमार्गलाई दशैँअगावै सञ्चालनमा ल्याउने उद्देश्यसहित सडक मर्मत भइरहेको छ । गत असारदेखि पहिरोका कारण साँफे–मार्तडी राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
दशैंसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।
स्थानीयस्तरमै प्रसूति सेवा सहज तथा सुलभ बनाउन निर्माण गरिएको प्रसूतिगृह सञ्चालनमा नहुँदा रौतहटको गुजरा नगरपालिकाका गर्भवती महिला प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने बाध्यतामा छन् ।
धुर्कोट गाउँपालिकाले घरेलु हातहतियार प्रयोग गरी वन्यजन्तुको सिकार खेल्न पाउने गरी कानुन निर्माण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ । वन्यजन्तुको आतङ्कले बालीनाली नष्ट गरेको र यसलाई नियन्त्रण गर्न भन्दै पटक–पटक सर्वसाधारणले आग्रह गरेकाले अब सि
शीर्षटोली आर्सनल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको टोट्टनहामलाई ३-१ गोलले हरायो । अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २-१ गोलले स्तब्ध बनायो ।
बर्दिबासस्थित जिल्ला ट्राफिकले चाडबाडलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । ट्राफिकको यस अभियानमा यातायात व्यवसायीले समेत लिखित सहमति जनाएका छन् ।
अर्जेन्टिनी स्टार लियोनल मेस्सी र केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ ।
मोरङको पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका ५१ वर्षीय दीपक गिरीलाई दशैँ नआए पनि हुन्थ्यो जस्तो लाग्छ । शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (यूएनएचसीआर)ले भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्बास गराउन थालेपछि उहाँका सबै आफन्त परदेशिए । श्रीमती र छोराछोरी अमेरिकामा बस्छन् । बुवाआमा, बहिनीज्वाइँ र भाइको परिवार अस्ट्रेलियामा छ ।
दसैँ तिहारको अवसर पारेर हालिने लिङ्गे पिङहरू हराउन थालेको भन्दै वालिङका युवाहरूले सक्रियता देखाएका छन् । वालिङ १० को विभिन्न टोलमा मात्रै ७ वटा लिङ्गे पिङहरू हालिएका छन् ।
महोत्तरीका ग्रामीण भेगमा मुटु सम्बन्धी रोग समस्या बन्दै गएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान महोत्तरीले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा मुटु परीक्षण गराउने मध्ये ७५ प्रतिशतको मुटुमा समस्या देखिएको थियो ।
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी एक सय २९ जनाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिकामा वडा नं. २ सिमल डाँगीका एक युवाले नाटकीय रूपमा आफ्नै आमा र काकाको बीभत्स रूपमा हत्या गरेपछि खुकुरी लिएर प्रहरी सामु आत्मसमर्पण गरेको बताइएको छ ।
जमरा राखेदेखि नै नेपाली घरआँगनमा दशैँ सुरु भएको छ । देशविदेशबाट गाउँघरमा दशैँ मनाउन फर्कने क्रम जारी छ यद्यपि विगतको जस्तै दशैँ रौनक गाउँघरमा छैन ।