उदयपुरमा आफूलाई विशेष प्रहरी भएको बताउँदै ठगी गर्ने दुई जना ठगलाई प्रहरीले पक्राउ गरेको छ । आपूहरु सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएर जवरजस्ती रकम मागेर ठगी गरेको अभियोगमा दुई जना ठगलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा थन्किएर रहेको विद्युतीय बस कपिलवस्तुको तिलौराकोटसम्म सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरादेखि धौलागिरिका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ ।
प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा टाईब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधी धनकुटाले जितेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका सामुदायीक विद्यालयमा दशैं बिदामा पनि पढाइ सुचारु रहेको छ । बौद्ध धर्मालम्बी लामा समुदायको बसोवास हुने लिमीमा दशैं नमान्ने भएका कारण गाउँवासीको निर्णय अनुुसार दशैंमा पनि विद्यालय सुुचारु राखिएको हो ।
बाजुराका स्थानीयवासीलाई दशैं मनाउन गाउँ फर्किन समस्या भएको छ । कामको शिलसिलामा प्रदेशीएका तथा पढाइको क्रममा जिल्ला बाहिर रहेका यती बेला दशैं मनाउन गाउँ फर्किन थालेका छन् ।
नेपालीको महान् चाड बडादशैंले सबैलाई छोइसकेको छ । सपिङ, आफन्त भेटघाट, तास, पिङ, गाउँघर जाने योजनाका साथ नेपालीले दशैं मनाउने गर्छन् ।
लहानस्थित दुर्गा मन्दिरभित्र विजयादशमीको मेलाका लागि स्थापित दुर्गा माताको मूर्तिलाई सजाउन ७५ तोला सुनको गरगहना बनाइएको छ ।
विद्यार्थी सङ्ख्या अत्यन्त न्यून रहेको सर्लाहीको लालबन्दी नगरपालिका–१३, नारायणडाँडास्थित प्राथमिक विद्यालयले सम्पूर्ण विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गराउँदै आएको छ । विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म ५७ जना विद्यार्थी भर्ना भए पनि नियमित विद्यालय आउने विद्यार्थी भने २० देखि २५ जना मात्रै हुन्छन् ।
किनमेलमा नेपाली व्यस्त छन् तर बाढी प्रभावित पार्वती विकलाई भने के खाने, के लगाउने चिन्ता । भजनी नगरपालिका–८, काँढाढिककी पार्वतीको घर अब घर जस्तो रहेन । दशैँको मुखैमा गत असोज १ गते आएको
रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै रौनक छैन । दशैँमा नयाँ लगाउने, मीठो खाने भनिए पनि बादी बस्तीका बालबालिका नयाँ नाना र मीठा खानाबाट वञ्चित छन् । चौरजहारी नगरपालिका–१ को बादी समुदायका ६४ वर्षीय पशुपति बादीले भन्नुभयो, “कसैले पत्याएर ऋण दिए त एक छाक मासुभात खाने हो ।
जिल्ला सदरमुकाम मान्मदेखि पचालझरना गाउँपालिका १७ कोष टाढा छ । सुपथ मूल्यको मसिनो चामल लिन दिनभर हिँडेर सदरमुकाम मान्म पुगेका विक्रम बम दिनभर लाइन बस्नुभयो तर चामल पाउनुभएन ।
काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सले एक हजार चार सय वर्गमिटर सडक मर्मत गरेको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज १७ गते। सत्तारूढ पाँच दलको बैठक सोमबार बस्ने भएको छ । सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको हो ।आइतबार बसेको बैठकमा पनि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गर्नुभयो । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषय आइतबार पनि नटुङ्गिएको र त्यसका लागि सोमबार फेरि बैठक बस्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिट बाँडफाँट कार्यदलले दिएको प्रतिवेदन र शीर्ष नेताहरूबीचको छलफलका आधारमा केही सिटबाहेक सबै क्षेत्रमा सिट बाँडफाँटमा सहमति जुटिसकेको छ । चाँडै निर्णयमा पुग्नेगरी छलफल भइरहेको छ ।”प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, सिट बाँडफाँट कार्यदलका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलासहित पाँच दलका नेताहरू निरन्तर छलफलमा हुनुहुन्छ ।