बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ ।
लुम्बिनी, असोज १८ गते । मूर्ति विसर्जन र जलभर्ने क्रममा नदीमा डुबेर प्रत्येक वर्ष मानिसहरूको मृत्यु हुने गरेको छ। मर्चावरको दुइमोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जलभर्ने क्रममा डुबेर मानिसहरूको मृत्यु हुँदा सुरक्षा र बचाउका लागि प्रभावकारी पहल भने भएको छैन।विसं २०७८ असोज ३० गते शनिबारका दिन दुर्गामूर्ति विसर्जनका लागि जानुभएका कोटहीमाई–४,कदमहवाका १९ वर्षीय अनिल कुर्मी खेल्दाखेल्दै नदीमा डुब्नुभयो। दसैँमा पूजाका लागि बनाइएको दुर्गामूर्ति विसर्जनका क्रममा दिउँसो २ बजे बेपत्ता हुनुभएका उहाँको शव सोही दिन राति ८ बजे फेला परेको थियो। विसं २०७७ असोजमा पनि कोटहीमाई–५ स्थित सोही ठाउँमा डुबेर अर्को एक जनाको मृत्यु भएको थियो। साथीहरूको लहैलहैमा दुर्गामूर्ति विसर्जनका लागि गएका सम्मरीमाई–६ महदेइयाँका सोही उमेर समूहका मुकेश कुर्मी हेर्दाहेर्दै बेपत्ता भई डुबेको २० घण्टापछि मात्र स्थानीयवासीले उहाँको शव फेला पारेका थिए। विसं २०७६ मा कोटहीमाई–१ पुर्निहवाबाट मूर्तिस्थापनाका लागि जलभर्न गएको टोलीसँगै रहेका एक भारतीय युवकको डुबेर मृत्यु भएको थियो। प्रहरीको रेकर्डलाई हेर्ने हो भने सोही वर्ष कोटहीमाई–५, भंगहियाका करुणा चौबेका छोरा १८ वर्षीय मुनिक्का चौबे र २०७५ सालमा जलभर्ने क्रममा कोटहीमाई-५ का एक बालिकाको डुबेर मृत्यु भएको थियो।यसरी सो ठाउँमा डुबेर मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष बढ्दो छ। सोही ठाउँमा डुब्दै गर्दा उद्धार भई ज्यान बाँचेकाको सङ्ख्या पनि उत्तिकै छ। विसं २०७५ मा गैडहवा गाउँपालिकाकी २० वर्षीय एक युवतीलाई डुब्दै गर्दा उद्धार गरिएको र अन्य धेरैलाई पौडीबाजले उद्धार गरी ज्यान जोगाएको स्थानीय सञ्चारकर्मी मुकेश चौधरीले बताउनुभयो।“धार्मिक प्रयोजनका लागि जलभर्ने कार्य होस् या मूर्ति विसर्जनलगायतका कार्यक्रम, बर्सेनिजसो एक वा दुई जनाको एउटै ठाउँमा डुबेर मृत्यु भइरहँदा स्थानीय सरकारको व्यवस्थापनमाथि प्रश्न तेर्सिन्छ”, कोटहीमाई–५ तेलियागढका राजेन्द्र यादवले भन्नुभयो, “स्थानीय सरकारसँगै स्थानीय प्रहरी प्रशासनसमेतले यसको जिम्मेवारी लिनुपर्छ।”धार्मिक प्रयोजनका लागि भन्दै जलभर्ने क्रममा सोही ठाउँमा बर्सेनि युवा युवतीहरू डुबेर मृत्यु भइरहँदा केहीको उद्धार गर्न सकिए पनि धेरैलाई बचाउन सकिएको छैन। कम्तीमा पनि बर्सेनि एक या दुई जनासम्मको ज्यान जाने गरेको इलाका प्रहरी कार्यालय मर्चावरको भनाइ छ।दानव र तिनाउनदीको सङ्गमस्थल भएको त्यो ठाउँमा पानीको गहिराइ र बहाव उच्च छ। कुनै पनि कारणले नदीको पानीमा डुब्ने जो कोहीको पनि ज्यान जोगिने सम्भावना कमै हुन्छ। त्यसैले सो ठाउँ सबैका लागि जोखिमपूर्ण रहेको भन्दै इलाका प्रहरी कार्यालय मर्चावरका प्रहरी नायब निरीक्षक एनपी साउदले त्यसो हुन नदिन यस वर्ष स्थानीय पालिकासित सहकार्य गरेर व्यवस्थित गर्ने बताउनुभयो।जिम्मेवार निकायले सुरक्षा तथा बचाउका लागि गम्भीर बन्नुपर्ने आग्रह गर्दै सामुदायिक विपत् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले भन्नुभयो, “यति भन्दैमा हामी आम नागरिक पनि हाम्रा कर्तव्यबाट विमुख हुन मिल्दैन। जोखिमपूर्ण ठाउँमा मूर्ति विसर्जनलगायतको कार्य गर्न रोक लगाई अलि कम पानी भएको ठाउँमा सतर्कताका साथ मात्र गर्न दिनुपर्छ।” “अभिभावले पनि आफ्ना बच्चालाई जोखिमयुक्त ठाउँमा जानीजानी जान दिनु भनेको मृत्युको मुखमा धकेल्नु हो भन्दा फरक पर्दैन”, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भन्नुभयो, “मैले मातहतका प्रहरी कार्यालयहरूलाई सहयोग, सुरक्षा र उद्धारका लागि आवश्यक निर्देशन दिएको छु।” दसैँ तिहारलक्षित जनचेतनामूलक कार्यक्रमहरू पनि भएको उहाँले बताउनुभयो।“हामीसँग विज्ञ जनशक्ति छैन, चाडपर्वका बेला प्रायः मानिसहरू उत्तेजित रहन्छन्, त्यसैले सक्दो प्रयासका बाबजुद घटनाक्रम रोक्न नसकिनु निकै नै दुःखद हो”, कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले भन्नुभयो, “खुसी साटासाट गर्नुपर्ने चाडपर्वका बेला त्यस ठाउँमा बर्सेनि मान्छे डुबेर मृत्यु हुने गरेकोले यस वर्ष त्यस्तो हुन नदिन विशेष व्यवस्था गरिने छ।” रासस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ।
उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् । आक्रोशित आफन्तले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) कक्षभित्र प्रवेश गरेर मंगलबार तोडफोड गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।
नेपालगञ्जका मासु व्यावसायीले चाडपर्वको बेला खसी भनेर बाख्राको मासु बिक्री गर्नेगरेको पाइएको छ । स्थानीय रामलिला मैदान नजिकै रहेको मासु मण्डीका व्यापारीले काट्नका लागि लुकाएर राखेका ६ वटा बाख्रा फेला परेपछि सो रहस्य खुलेको हो ।
चितवनको पाँचदलीय गठबन्धनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चितवनबाटै निर्वाचन लडेर अभिभाकत्व लिन अनुरोध गरेको छ । गठवन्धनको मंगलबार भरतपुरमा बसेको वैंठकले संयु्क्त रुपमा निर्णय सार्वजनिक गर्दै चितवन जिल्ला छाडेर अन्यत्र स्थानमा निर्वाचन लड्न नजान वैठकले अनुरोध गरेको हो ।
दशैंको महानवमीका दिन मङ्गलबार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ। आजको वर्षाले गर्दा दशैंका क्रममा मानिसलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ।
सर्लाहीमा मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले जितेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा स्वागत गरेर वैदिक विधिअनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गर्नुभएको हो । यसैक्रममा उहाँले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिनुभयो ।
काठमाडौं, असोज १८ गते । फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मितिसमेत घोषणा गर्नुभएको हो । फिल्म आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ । जोन योञ्जनले निर्देशन गर्नुभएको फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवानराज उप्रेती, संयोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका रहेको छ । फिल्ममा आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन् भने राजेश हमालको आवाजले कथा बोकेको छ ।फिल्ममा आलोक शुक्लाको छायाङ्कन, भीम विश्वकर्माको सम्पादन रहेको छ । किरण कुमार महर्जन सह–निर्माता रहेको फिल्ममा जिवलाल भुसाल, नवीन भुसाल र श्रृषा भुसाल भने कार्यकारी निर्माता हुनुहुन्छ ।
जिल्लाको पूर्बी–उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकाको वडा –६ ओबाबका दर्जनौ दलित बस्तीमा वर्खामै खानेपानीको अभाव देखिएको छ ।
तनहुँको भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाको महिलाको बाख्रा पालनबाट आयस्तर परिवर्तन भएको छ । दुई पालिकाबाट यसपालीको दशैंमा खसी र बोका बिक्री गरी झण्डै तीन करोड रुपियाँ महिलाले आम्दानी गर्न सफल भएका छन् ।
नवरात्र अर्थात् बडाददशैंको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ ।