आज बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएको १६ जनामध्ये १४ जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका –२२ मा बिहान १० : ३० बजे बस दुर्घटना हुँदा १० जना पुरुष र ६ जना महिला गरी १६ जनाको मृत्यु भएको थियो ।
बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु भएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
पाल्पाको रिब्दीकोट –६, ठिमुरेस्थित मन्दीखोलाले बगाएर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट –५, नयाँटोला बस्ने पाँच वर्षकी प्रिन्सु पचभैँया रहनुभएको छ ।
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कीर्तिमानी गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलमा बेन्फिकासँग बराबरीमा रोकिएको छ ।
भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन कानुनको कठोर रुपमा प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत तथा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले बताउनुभएको छ । मंसिर ४ मा हुन गइरहेको निर्वाचन प्रयोजनका लागि सप्तरीको राजविराजस्थित प्रतिनिधिसभा क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको उदघाटन गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बसेको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको नेता केशव श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका र प्रसाद प्रदान गर्नुभएको छ । दशैंको अवसरमा बिहीबार बिहान सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई उहाँले टीका लगाएर प्रसाद प्रदान गर्नुभएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिायाक राईले बाँकेका केही बाढी र डुबान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण जिल्लाको डुडुवा गाउँपालिकाका केही गाउँमा राप्ती नदीको बाढी पसेको र केही ठाउँमा डुडुवा खोलाले डुबान गरेकोले मन्त्री राईले निरीक्षण गरेर अवस्था बुझ्नु भएको हो ।
बुधबारदेखिको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी नरैनापुरको १ बनिया गाँउ, वडा ४ को घोडदौरिया, वडा ५ को जमुनहा, वडा ६ को दोँदरा क्षेत्रमा रहेका घरमा पानी पसेपछि जनजीवन प्रभावित बनेको छ । सो क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
लगातारको वर्षाका कारण आएको पहिरोले रूकुम पश्चिममा एक घर पुरिएको छ । घरका पशुचौपाया मरेका छन् । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका –६ बाँठाकोटमा पहिरो आउँदा स्थानीय पदमबहादुर घर्तीको घर पुरिएको हो । लगातारको वर्षापछि आएको पहिरोले बुधबार राति घर्तीको दुई तले घर पुरिएर क्षति पुगेको प्रहरीले जनाएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका युवती सखिया नृत्य देखाउँदै ।
भीरबाट लडेर २३ वर्षीय युवाको मृत्यु भएको छ । दशैंको टीका लगाएर अर्को गाउँ जाने क्रममा बाटोमा पर्ने भीरबाट लडेर उहाँको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको हो ।