• १३ साउन २०८१, आइतबार

बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो : घाइतेको अस्पतालमा उपचार हुँदै

blog

शिवशंकर मिश्र

बारा, असोज २० गते । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६  पुगेको छ ।

जितपुरसिमरा २२ स्थित ३ नम्बर पुल नजिकै नारायणगढबाट वीरगंजतर्फ आउँदै गरेको बा‍.प्र.०६– ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ किनाराबाट २० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

बसमा ४८ जना सवारमध्ये १६ जनाको मुत्यु भएको मधेस प्रदेशको ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले  बताउनु भयो ।

उनीहरूमध्ये घटनास्थलमा १० जना र उपचारको क्रममा मकवानपुरको विभिन्न अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

घाइते सबैलाई उपचारका लागि ९ जना हेटौँडा, ४ जना वीरगन्ज र १९ जनाको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौँडाका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।

हाल सम्म मृत्यु हुनेमा १० पुरुष र ६ महिला गरी १६ जनाको  मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको तथा अन्य विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।