छिमेकी जिल्ला पाँचथरको थर्पूमा लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक निशान नाच प्रदर्शन गरिएको छ । मङ्गलबार याङ्वरक गाउँपालिका –४ थर्पूस्थित कालिका भगवती मन्दिर परिसरमा निशान नाच प्रदर्शन गरिएको हो ।
सर्पले डसेर हुम्लामा एक जनाको मृत्यु भएको छ । पशुुपालन गर्दैआएका उहाँको खर्कमा सुतेको अवस्था सर्पको टोकाइबाट मृत्यु भएको हो ।
यस वर्षको दशैं वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन् । हाल मनसुनको न्युन चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसममा भइरहेको परिवर्तनका कारण अहिले बाँकेमा भाइरल ज्वरो, रुघाखोकी र निमोनियाका विरामीको संख्या बढ्दैगएको छ । असोज शुरुदेखि कहिले अत्यधिक गर्मी र कहिले सामान्य मौसम परिवर्तन हुँदा ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दशैंको नवौं दिन अर्थात महानवमी पर्वका दिन नेपालीले अधिक मात्रामा पशुको बलि दिन्छन् । देवी देवताका नाममा बलीभोग दिनुहुन्न भन्ने कोणबाट पनि बहश शुरु भएको छ । यसैवीच पाँचथरको फिदिममा पशुबलीबिरुद्व सन्देश दिन भन्दै प्रदर्शन गरिएको छ ।
पाल्पाको रैनादेवी छहरा –३, भुवनपोखरीमा लु १ ज २५८३ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको रैनादेवीछहरा–३ का वडाअध्यक्ष प्रदीप पौडेलले जानकारी दिनुभयो ।
प्युठानको ददेरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका २ ददेरीमा अन्दाजी २८ वर्षीया महिलाको बसको ठक्करबाट आज मंगलबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापाले बताउनुभयो ।
बडादशैं मनाइरहेका बेला सोमबार रातीबाट सदरमुुकाम सिमकोट लगायत दुुई वटा गाउँपालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ । हिल्दुम बिधुुत आयोजनाको नहरलाई पहिरोले भत्काएपछि अनिश्चितकालका लागि बिधुत सेवा अवरुद्ध भएको हो ।
भियतनाममा बुधबारदेखि सुरु हुने एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपालको एउटै लक्ष्य छनोट रहेको छ ।
लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले नटिङघम फरेस्टलाई ४–० गोलले हरायो ।
सातादेखि लगातार परेको वर्षा मङ्गलबार र बुधबार पनि निरन्तर पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि मध्यमखालको वर्षा भई रहेको जनाएको छ ।
तलेजु भवानीको मन्दिरमा आज भक्तजनहरुको भीड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एकपटक महानवमीका (आज) मात्र खुल्ला हुने गर्दछ ।
प्रतिनिधि सभा र प्रदेश सभाका लागि यहीँ मङ्सिर ४ गते निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष)निर्वाचन तर्फको मनोनयन पत्र दर्ता आश्विन २३ गते आइतबार बिहान १० बजे देखि सॅाझ ५ बजे सम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
एउटा राँगो काट्न पनि बोलकबोल गरेर लाखौँ पैसा तिर्नुपर्छ भन्दा अचम्म पर्नुहोला ।
दशैं शक्ति उपासनाको पर्व हो । यतिबेला शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । यसो गर्नाले आयु, आरोग्य र सुख, शान्ति प्राप्त हुन्छ भन्ने जनविश्वास पाइन्छ । शक्ति सबैलाई नभई नहुने तत्व हो । वैदिक सनातन संस्कृतिले माता भगवतीलाई त्यसैको प्रतिनिधि मानेर पूजा तथा उपासना गर्न सिकाएको छ, लगाएको छ । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार देवताहरूले समेत गाह्रोसाह्रो पर्दा उनकै उपासना गर्ने गरेका छन् । भगवान् रामले पनि रावणमाथि विजय पाउन उनकै उपासना गरेका थिए, कृष्णले पनि आपत्विपत्मा उनकै सम्झना गरेका थिए ।