• १३ साउन २०८१, आइतबार

विक लगातार चौथो पटक समानुपातिक सूचीमा

blog

कैलाली, असोज १७ गते । सुदूरपश्चिम प्रदेशका दलित अगुवा गणेश विक सङ्घीय संसद्को प्रतिनिधि सभा सदस्यका लागि चौथो पटक समानुपातिक सूचीमा पर्नु भएको छ । यसअघि तीन पटक समानुपातिक सूचीमा परे पनि उहाँ सो प्रणालीबाट निर्वाचित हुन सक्नु भएन । 

५२ वर्षीय विक यसअघि नेकपा [एमाले] बाट ०६४ र ०७० संविधान सभा सदस्यमा र ०७४ मा प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा पर्नु भएको थियो । एमाले विभाजनपछि माधव नेपाल नेतृत्वमा रहेको नेकपा [एकीकृत समाजवादी] मा लाग्नु भएका सो पार्टीका पोलिटव्युरो सदस्य विक त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विद्यावारिधि गर्दे हुनुहुन्छ । यस पटक विक एकीकृत समाजवादीबाट समानुपातिक सूचीमा पर्नु भएको हो । 

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङमा जन्मनु भएका विक धनगढी उपमहानगरपालिकाको मतदाता रहनु भएको छ । “मैले आरजू राणा देउवा चुनावमा नउठ्ने भएपछि मलाई कैलाली क्षेत्र नम्बर ५ बाट गठबन्धनको उम्मेदवार बनाउन पार्टी अध्यक्ष माधव नेपाललाई भनेको थिए तर परिस्थितिले साथ दिएन त्यसैले फेरि समानुपातिक उम्मेदवार बन्ने अवस्था आएको छ” उहाँले भन्नुभयो । 

विद्यार्थी राजनीति हुँदै पार्टीको नेतृत्वमा पुगेका विक हालिया मुक्तिका र पुनर्स्थापनाका लागि समेत दुई दशकदेखि कार्यरत हुनुहुन्छ । 
Author

प्रकाशविक्रम शाह