कोभिड–१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन आर्थिक नीति र करको दायरामा सरकारले उदार नीति लिनुपर्ने सुझाव सम्बद्ध अधिकारीले दिएका छन्। पोखराको पर्यटन व्यवसायलाई लक्षित गरी नेपाल राजस्व परामर्श समितिले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रमका सहभागी अधिकांश व्यवसायीले यस्तो सुझाव दिएका हुन्।
मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा बाढीले पुल बगाएपछि सोही स्थानमा ह्युमपाइप राखेर सडक सञ्चालन गरिन लागिएको छ ।
सर्लाहीको उत्तरी चुरे क्षेत्रका बस्तीमा जाने खोलाको बाटो लामो समयदेखि अवरुद्ध भएका छन्। बाढी आएर खोलाको बाटो बिग्रँदा चुरेवासीलाई बजारबाट खाद्यान्न लैजान समस्या भएको हो। खोलाको बगर हुँदै चुरे बस्तीमा जाने सवारीसाधन बन्द भएका छन्। जिल्लाकै अति दुर्गम क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायण खोला र वडा नम्बर १२ भालु खोप गाउँका स्थानीयले वर्षौंदेखि वर्षायाममा सास्ती खेप्दै आएका छन् । वर्षायाममा नदीमा निरन्तरजसो आउने बाढीले यहाँका नागरिक जोखिम मोलेर ट्याक्टरमार्फत खाद्यान्न ढुवानी गर्न बाध्य हुने गर्छन्। लालबन्दी बजारबाट खाद्यान्न बोकेर जाने ट्याक्टर लखन्देही र बाहुनी खोलामा पटक–पटक फस्ने र दुर्घटनामा पर्ने गरेको वडा नम्बर–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले बताउनुभयो।
vदशैं, तिहार र छठलगायत चाडपर्व नेपालका महान् चाड हुन्। यी चाडपर्वमा घरदेखि टाढा–टाढा बसेका परिवारदका सदस्यहरू आआफ्नो घरगाउँमा पुग्छन्। चाडपर्व नजिकिने क्रमसँगै यातायातको आवागमन बाक्लिेन गर्छ। चाडबाड मनाउन आफ्ना पुख्र्यौली घर फर्किने क्रम बढेसँगै दुःखद खबरसमेत यसै बेला आउने गर्छन्। सवारी दुर्घटना असाध्य बाक्लिेन गर्छ। चाडबाडका समयमा सडकमा सवारी आवागमनमा स्वाभाविक रूपमा बढोत्तरी हुने क्रमसँगै बढ्ने दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। सुरक्षित रूपमा गन्तव्यमा पुग्ने व्यवस्थालाई के कसरी
नेपालको संविधानले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको छ । यसको अर्थ वर्षौंदेखि बहिष्करणमा परेका आदिवासी जनजाति, मधेशी, महिला, मुस्लिम र दलितलाई राज्यका हरेक अङ्गमा समानुपातिक प्रतिनिधित्व गराउनु हो।
नेपालमा सञ्चय कोषसम्बन्धी व्यवस्थाको प्रारम्भ वि.सं. १९९१ बाट भएको हो। ‘सैनिक द्रव्य कोष’को नामबाट सुरु भएको द्रव्य कोष स्थापनाको मुख्य उद्देश्य सैनिकको अवकाशपछिको जीवनलाई सहज बनाउन आर्थिक राहत प्रदान गर्नु रहेको थियो। सैनिकका लागि व्यवस्था गरिएको कोष प्रभावकारी देखिएकाले निजामती कर्मचारीका लागि ‘निजामती प्रोभिडेन्ट फन्ड’को स्थापना वि.सं. २००१ मा गरिएको थियो।
सन् १९८० को दशकतिर व्यवस्थापन क्षेत्रको मुख्य मुद्दा मालसामान, सेवा र निर्माण क्षेत्रको गुणस्तर नियन्त्रण थियो। अहिले मालसामान, सेवा र निर्माण क्षेत्रको गुणस्तर नियन्त्रण मात्र नभएर उपरोक्त क्षेत्रअन्तर्गतको उत्पादन, सञ्चालन र प्रयोगमा टिकाउपन वा दिगोपनप्रति सरकार वा उपभोक्ता बढी अपेक्षाकृत रहेको अवस्था छ। उत्पादन, सेवा र विकासको क्षेत्रमा दिगोपन मोडेलको प्रवेश हुनुमा नयाँ प्रविधिको प्रयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। यस क्षेत्रमा कार्यरत सङ्घसंस्था प्रतिफल उपयोग गर्ने समुदायका कारण उजागर हुने वातावरणीय र सामाजिक सम
नेपाली अर्थतन्त्रमा आशाको किरण जगाएको प्रमुख क्षेत्रका रूपमा जलविद्युत् क्षेत्र देखिएको छ। केही समयअघिसम्म देशव्यापी लोडसेडिङको मारमा रहेको मुलुक अहिले लोडसेडिङमुक्त मात्र भएको छैन, उत्पादित विद्युत् छिमेकी मुलुकमा निर्यात गरेर आय आर्जन गर्नसमेत सुरुवात गरेको छ। यसरी छोटो समयमा नै देशले ऊर्जा क्षेत्रमा मारेको फड्कोले मुलुकका अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेमा दुईमत रहँदैन। कृषि, उद्योग र सेवाजस्ता हरेक क्षेत्रको विकास र विस्तारका लागि आवश्यक पर्ने ऊर्जाको माग अब देशभित्रै उत्पादित जलविद्युत्ले पूरा गर्नेछ। अर्को
आइतबार देखि तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत–३’ले नेपालगञ्जमा दर्शकको उत्सहाजनक उपस्थिति पाएको छ । नेपालगञ्जस्थित वागेश्वरी सिनेमाजमा दर्शकको मागबमोजिम एकै दिन ‘प्रेमगीत–३’को नौ सोसम्म देखाइएको छ । कुनै पनि चलचित्र प्रदर्शन हुँदा प्रायःजसो तीन सो देखाइने गरेकोमा ‘प्रेमगीत–३’प्रति दर्शकको आकर्षण देखेर एकै दिन नौ सो प्रदर्शन गरिएको सिनेमाहलका प्रबन्धक सञ्जीव शाक्यले बताउनुभयो । दर्शकले चलचित्रका नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङको अभिनयको प्रशंसा गर्दै नेपाली कलाकारले अन्य देशका कलाकारलाई कडा टक्कर दिइरहेको जनाएका छन् ।
स्थानीय तह निर्वाचन–२०७९ मा खर्च विवरण नबुझाउने बागलुङका आठ सय ११ जना उम्मेदवारलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।
दशैँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोका महँगिएको छ । अहिले सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा बिक्री गर्न ल्याइएका खसीबोका महँगो मूल्यमा बिक्री हुन थालेका हुन् ।
नेपाल टेलिकमले दशैँको अवसरमा असोज ९ गते आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैँ अफर उपलब्ध गराउने भएको छ । यी अफर असोज २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालय तीन वर्षदेखि बन्द छ । २०७६ कात्तिक महिनापछि हिल्सा नाका बन्द भएपछि यहाँ रहेको भन्सार कार्यालय पनि बन्द भएको हो । हिल्साका होटल व्यवसायी कर्मा लामाले तीन वर्षयता यारी भन्सार कार्यालयको ताला नखुलेको बताउनुभयो । हाल कार्यालयभित्र सामानको अवस्थाबारे पनि केही भन्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
दिनरात नभनी उपभोक्ताको सेवामा खटिने खुद्रा व्यापारीले सरकार, खाद्य उद्योगी र उपभोक्ताबाट दोहोरो÷तेहरो मारमा पर्ने गरेको गुुनासो गरेका छन् । नेपाल खुुद्रा सङ्घको ४३औँ वार्षिक साधारण सभाको अवसरमा सङ्घले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी खुद्रा व्यापारीले यस्तो गुुनासो गर्नुुभएको हो ।