दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा एक महिलाले एकै पटकमा तीन शिशुलाई जन्म दिनुभएको छ।
कच्चा तेलको भन्सार महसुल कटौती भएपछि खाने तेलको मूल्य घटेको छ । सरकारले भदौ २१ गते कच्चा तेलको आयातमा लाग्ने महसुल कटौती गरेपछि खाने तेलको मूल्य प्रतिलिटर २० रुपियाँले सस्तिएको हो । असारसम्म बढेको खाने तेलको मूल्य साउनयता भने घटिरहेको छ । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडबाडको मुखमा उपभोक्तालाई राहत थपेको हो । पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाका अनुसार कच्चा पदार्थको मूल्य वृद्धिका कारण असारमा महँगिएको खाने तेल अहिले सस्तिएको हो ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । ठोरी ऐतिहासिक बस्ती भएको बताउनुहुँदै उहाँले यो बस्तीको विकासमा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिना (साउन–भदौ)सम्मको तथ्याङ्कअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७० प्रतिशतले कम हो । गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपियाँ थियो ।
मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा वर्षाको बाढीले पुल बगाएपछि सोही स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिने भएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गत एक वर्षमा अस्पतालमा उपचार गराउन आएकामध्येमा छ हजार ६३ जना नयाँ क्यान्सरका रोगी थपिएको जानकारीदिएको छ ।
सुरेशकुमार यादवकाठमाडौँ, असोज १० गते । दशैँ भन्नेबित्तिकै राम्रो लगाउने र मीठो खाने बेला हो । नेपालीको मीठो खानामा मासु पर्ने नै भयो । त्यसैले चाडपर्वमा खासगरी दशैँमा मासुको खपत बढी हुन्छ । गरिब होस् या धनी, दशैँमा मासुको जोहो गर्नेपर्ने बाध्यता जस्तै हुन्छ । दशैँमा मासुको खपत बढी हुने भएपछि त्यसैअनुसारको आपूर्ति पनि हुनुपर्छ । गाउँघरतिर किसानले दशैँका लागि भनेर अघिदेखि नै खसीबोका, च्याङ्ग्रा, राँगो, भेडा, हाँस, कुखुराको जोहो गरेका हुन्छन् तर सहर बजारतिर भने दशैँकै बेला किन्नुपर्ने बाध्यता छ । त्यसैले दशैँका बेला गाउँगाउँबाट सहर बजारमा खसीबोकालगायतका पशुपन्छी पु¥याइन्छन् । यतिले मात्रै नपुगेर तिब्बत र भारतबाट पनि खसीबोका, च्याङ्ग्रा आयात गरिन्छ । ५ प्रतिशत आयात२०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मासुजन्य पदार्थमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको थियो तर अझै तयारी मासु आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छैन । दशैँका बेला मासु र खसीबोका आयात भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ । अरू बेला भने स्वदेशी उत्पादनले पुगिरहेको छ ।“विदेशबाट थोरै मात्रामा आयात गर्नुपर्छ, त्यसले गर्दा मासुमा नेपाल लगभग आत्मनिर्भर नै छ,” पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले भन्नुभयो । उहाँका अनुसार नेपाललाई चाहिने ९५ प्रतिशत मासु नेपालमै उत्पादन हुन्छ । करिब ५ प्रतिशत मासु आयात हुन्छ । दशैँमा सबैभन्दा बढी खपत हुने खसीको मासु हो तर खसीको मासुसँगै कुखुरा, हाँसलगायत चराजन्य मासु तथा माछाको माग पनि बढ्छ । त्यसले गर्दा मासुसँगै माछाको खपत पनि दशैँमा बढेको देखिन्छ ।गत वर्षको तथ्याङ्क हेर्ने हो भने ३९८ मेट्रिक टन मात्र मासु आयात भएको छ । गत वर्ष ५५ हजार वटा खसी आयात भएको थियो, यो निकै कम हो । त्यसलै नेपाल मासुमा आत्मनिर्भर रहेको उहाँले दाबी गर्नुभयो । स्वदेशमा पाँच लाख टन उत्पादननेपालमा भैँसी, राँगो, खसी, बोका, सुँगुर, बङ्गुर, कुखुरा, हाँस, भेडा, च्याङ्ग्रालगायतको मासु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष भँैसी, राँगो, खसी, बोका, सुँगुर, बङ्गुर, कुखुरा, हाँस, भेडाको सङ्ख्या नौ करोड ४८ लाख ३० हजार थियो । गत वर्ष पाँच लाख २० हजार ७४२ मेट्रिक टन मासु उत्पादन भएको थियो । उत्पादन भएका सबै मासु नेपालमै खपत हुने गरेका छन् । प्रतिव्यक्ति १८.१ केजी खपतनेपालीले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले तोकेको न्यूनतम मापदण्डभन्दा बढी मासु उपभोग गर्छन् । सङ्गठनले एक जना व्यक्तिले वर्षमा कम्तीमा १४ केजी मासु उपभोग हुनुपर्ने देखाएको छ । यसका आधारमा नेपालमा मासुको न्यूनतम आवश्यकता नै तीन लाख ८० हजार मेट्रिक टन हुन आउँछ । जब किनेपालमा पाँच लाख मेट्रिक टनभन्दा बढी मासु उत्पादन हुन्छ । विभागका अनुसार नेपालमा एक जनाले औसतमा वार्षिक १८.१ केजी मासु खाइरहेका छन् । यो तथ्याङ्कले पनि नेपाल मासुमा आत्मनिर्भर रहेको पुष्टि हुन्छ तर दशैँजस्तो चाडपर्वमा केही अपुगजस्तो देखिने गरेको छ । प्रवक्ता ढकालका अनुसार अन्य समयभन्दा दशैँमा मासुको खपत बढी हुन्छ । दशैँकै सात दिनमा मात्र ९१ हजार ९०६ मेट्रिक टन मासु खपत हुन्छ । यसमा कुखुरा र हाँसको तथ्याङ्क समावेश छैन । दशैँमा मात्र करिब ३० लाख खसीबोका, तीन हजार दुई सयवटा च्याङ्ग्रा, एक हजार पाँच सयवटा राँगा र ९१ हजार किलो माछा खपत हुने पशु सेवा विभागले जनाएको छ ।
उपत्यकाबाट बाहिर जाने सवारी साधनको यान्त्रिक परीक्षण गर्ने कार्य सुरु भएको छ । आइतबारदेखि दशैको अवसरमा सवारीसाधनबाट घर जाने यात्रुहरूको भीडलाई लाग्न थालेसँगै सुरक्षित यात्राका लागि यान्त्रिक परीक्षण सुरु गरिएको हो ।
सर्वोच्च अदालतले नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयसँग १५ दिनभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो । प्रमाणीकरणसँग सम्बद्ध पाँच रिटको सुनुवाइ गर्दै अदालतले अग्राधिकारसमेत दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ ।
कानुन काइदा एकातिर र काम भने अर्कातिर हुँदा धेरै काम बिग्रन्छ। व्यक्तिले गरे त त्यो सजाय नै हुन्छ। तर सरकारी निकायले नै त्यस्तो काम गरे के गर्ने ? केही दिनअघि चितवनको कसरामा यस्तै एउटा कार्यक्रम भएछ। चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा वन तथा वातावरण मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा गएको शुक्रबार भव्य रूपमा मनाइएको कार्यक्रममा कानुन र निर्णयको ठूलै उल्लङ्घन भएछ। प्लास्टिक निषेध त्यस क्षेत्रमा सो दिन भने प्लास्टिककै तोरण, ध्वजापताका, फूल, फूलका गुच्छा प्रयोगमा ल्याइएछ। मन्त्री यादव, निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाल र वन तथा भू–संरक्षण विभागका महानिर्देशक दिनेशमणि त्रिपाठीकै आँखा अगाडि कसरी त्यस्तो हुन गयो ? निषेधित सामग्रीबाट गरिएको मञ्च सजावटबारे उहाँहरू बोल्नु भएन। झनै आश्चर्यकै कुरा भयो।
सङ्घीय संसद्ले दुई–दुई पटक पारित गरेको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण हुनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएन। के कारण यो समय सीमाको उल्लङ्घन भयो ? यो घटनापछि सार्वजनिक समारोहमा देखिनु भएका राष्ट्रपति भण्डारी वा राष्ट्रपति कार्यालय कुनै जवाफ दिएको छैन। राष्ट्रपतिले २९ साउनमा सन्देशसहित यो विधेयक पहिलो पटक प्रतिनिधि सभामा फर्काउनु भएको थियो। त्यसपछि पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाले पुरानै (संविधानको भाषामा प्रस्तुत) रूपमा पारित गरेको थियो।
नेपालबाट सात अर्ब १९ करोड रुपियाँको निकासीसँगै विद्युत् मुलुकको सातौँ ठूलो निर्यात वस्तु बनेको छ। नेपालले चालू आर्थिक वर्ष सन् २०२२–२३ मा १६ अर्ब रुपियाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्यअनुसार चार महिनामा सात अर्बभन्दा बढीको विद्युत् निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणले हालै विज्ञप्ति जारी गरी असार मसान्तदेखि भदौ मसान्तसम्म सात अर्ब १९ करोडको विद्युत् निर्यात गरेको जनाएको छ। प्राधिकरणले यस अवधिमा प्रतियुनिट ९.२३ रुपियाँका दरले ७८ करोड ७८ लाख युनिट बिजुली बिक्री गरेको प्राधिकरणले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा चार अर्ब ४२ करोड रुपियाँको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ।
दुई दिनअघिसम्मको वित्तीय विवरणअनुसार देशमा राजस्व उठ्तीभन्दा खर्च बढी भएको छ। असोज ८ गतेसम्म सरकारको कुल खर्च एक खर्ब ९२ अर्ब रुपियाँ भएको छ। यो अवधिमा राजस्व सङ्कलन भने एक खर्ब ५५ अर्ब रुपियाँ मात्र छ। यो चालू आर्थिक वर्ष साउनयताको तथ्याङ्क हो। चालू आर्थिक वर्षमा चानचुन १४ खर्ब रुपियाँ राजस्व उठाउने सरकारको लक्ष्य छ। चालू आर्थिक वर्षका निम्ति कुल १७ खर्ब ९३ अर्ब अर्थात् झन्डै १८ खर्ब रुपियाँकै बजेट ल्याइएको हो। राजस्व उठ्ती आर्थिक वर्षको यो तेस्रो महिना आइपुग्दा ११ प्रतिशतको मात्र वृद्धिदर देखिन्छ। सरकारको चालू खर्च भने १३ प्रतिशत हाराहारीले बढेको छ। यो दुई महिनामा पुँजीगत खर्चको दर भने मात्रै दुई प्रतिशत छ। सायद अर्थतन्त्रको यो प्रवृत्ति देखेरै हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिने अवस्था आउन थालिसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। अब चिन्ता होइन, गम्भीर चिन्तन गर्ने बेला आएको छ।
दशैँ विशेषतः नेपालीले धुमधामका साथ मनाउने गर्छन्। यसको धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष निकै गहिरो छ। यसले गर्दा दशैँलाई महìवका साथ हेर्ने गरिन्छ । सांस्कृतिक रूपमा हाम्रा हरेक चाडपर्वले दिने सन्देश अर्थपूर्ण मानिन्छ। अतः राष्ट्रिय चाडपर्वमध्ये दशैँलाई विशेष मान्ने गरिएको हो। यसबाट धार्मिक र सामाजिक सहिष्णुता बढाउन यसको भूमिका निकै प्रभावकारी देखिन्छ।