सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे पुनर्विचार गर्न ईयूको टोली दशैँको टीकाको दिन नेपाल आउने भएको छ । युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (ईआसा)को पाँच सदस्यीय उक्त टोलीले असोज २० गतेदेखि स्थलगत अध्ययनको काम सुरु गर्नेछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले गरेको मूल्याङ्कन र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएपछि उक्त टोली बिनासर्त स्थलगत अध्ययनका लागि नेपाल आउन लागेको हो ।
सभामुखको कार्यकालको विवाद उत्कर्षमा पुगेको छ । यसअघि राजनीतिक वृत्तमा मात्र सीमित रहेको विवादले औपचारिक रूपमा सङ्घीय संसद् सचिवालयमा समेत प्रवेश पाएको छ । निर्वाचन आयोगले गरेको व्याख्या र यसअघिको अभ्यासका आधारमा भन्दै राष्ट्रिय सभा अध्यक्षको निर्देशनमा निजी सचिवालयले सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा भएको व्यवस्थापन समितिको निर्णय कार्यान्वयन नगर्न महासचिवलाई पत्राचार गरेपछि विवाद चर्किने देखिएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा सचिवको अनुपस्थितिमा भएको उक्त निर्णय कार्यान्वयन नगर्न आइतबार निजी सचिवालयले महासचिवलाई पत्राचार गरेको हो ।
उपत्यकाबाट बाहिर जाने सवारी साधनको यान्त्रिक परीक्षण गर्ने कार्य सुरु भएको छ । आइतबारदेखि दशैको अवसरमा सवारीसाधनबाट घर जाने यात्रुहरूको भीडलाई लाग्न थालेसँगै सुरक्षित यात्राका लागि यान्त्रिक परीक्षण सुरु गरिएको हो ।
नेपालीको महान् चाड बडादशैँ सोमबारदेखि सुरु भएको छ । पहिलो दिन असोज शुक्ल प्रतिपदामा जमरा राखी घटस्थापना गरिँदै छ । पूजाकोठा वा दशैँघरमा रातोमाटोले लिपेर चोखो र शुद्ध पारिन्छ । दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखिन्छ । यस दिनबाट नवरात्र मेला पनि सुरु हुन्छ । नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ परायण गरी दुर्गा भवानीको आराधना गर्ने गरिन्छ । शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको उपासना गरिन्छ ।
गृहमन्त्री बालकृष्ण खाणले नेपाल बहुभाषिक, बहुजातीय र बहु धार्मिक मुलुक भएकाले धार्मिक सहिष्णुता सधैं आवश्यक पर्ने बताउनुभएको छ । नेपालको विविधता नेपालको सम्पत्ति भएकाले यसलाई अवसरको रूपमा लिनुपर्ने उहाँको भनाइ छ ।
सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको एक हजारले ओरालो लागेको हो ।
सक्रियतासाथ बजार अनुगमन कार्यमा खटिन प्रधानधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । चाडवर्पको सन्दर्भमा बजार अनुगमन,आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका सम्बन्धिमा प्रधामन्त्री देउवाले उक्त निर्देशन दिनुभएको हो ।
पाँचथरका १ सय २ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन । जिल्ला सुरक्षा समिति पॉचथरले सुरक्षा संम्वेदनशिलताका दृष्टिकोणले मतदान केन्द्रहरुको बर्र्गीकरण गरेको हो ।
कार्यक्रमको नारा ‘एक स्थानीय तह, एक सामुदायिक विद्यालय पूर्वाधार विकास’ भए पनि पहुँचका आधारमा एउटै जिल्लामा धेरै विद्यालय छनोट गरिँदै आएको छ। भौतिक पूर्वाधार निर्माणको अति नै खाँचो रहेका विद्यालयभन्दा पहुँचका आधारमा पूर्वाधार भइरहेकै विद्यालयलाई बजेट दिइएको पाइएको छ। आवश्यकताभन्दा पनि पहुँचका भरमा बजेट दिँदा लक्षित विद्यालय मर्कामा परेका छन्। कार्यक्रमका लागि छानिएका विद्यालयले पनि समयमै बजेट नपाउँदा योजना कार्यान्वयनमा जटिलता हुने गरेको छ।
२०७८ सालको जनगणनाको तथ्याङ्क अनुसार मुगुका ९० प्रतिशत नागरिक कृषिमा आश्रित छन्। नागरिकको कमजोर शैक्षिक स्तर र चरम गरिबीका कारणले परम्परागत कृषि पेसा मै निर्भर छन् ।
सुर्खेत–जुम्ला सडकको कालीकोट खण्डको मर्मतका लागि दसवटा ठेक्का लगाइएको छ। आर्थिक वर्ष २०७५÷७६ देखि गत वैशाखमा सम्झौता भएका ती दस ठेक्का कालीकोट खण्डमै चालू अवस्थामा भए पनि काम भने कसैले पनि अगाडि बढाएका छैनन्। केही निर्माण व्यवसायीले काम सके पनि भुक्तानी पाएका छैनन्। केहीले कामसमेत सुरु नगरेर कर्णाली लोकमार्गको कालीकोट खण्ड अस्तव्यस्त बनेको छ। श्रेया–बिसका जेभी काठमाडौँले २०७८ साल मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो। अति जोखिम सडकमा ग्याबिन लगाउने र पिच गर्ने भनेर चार करोड ८० लाखमा ठेक्का सम्झौता भएको थियो। त्यसको समय पनि सकियो। फेरि म्याद थप गरेर बसेको छ।
मधेशी र मुस्लिम छात्रालाई लक्षित नेपालगञ्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेजले यही शैक्षिक सत्रदेखि पढाइ सञ्चालन गर्ने भएको छ। पूर्वाञ्चल विश्वविद्यालयमा छवटा विषयमा कक्षा सञ्चालनका लागि अनुमति माग गरिएकोमा चारवटा स्वीकृत भई आएपछि कक्षा सञ्चालनको तयारी गरिएको कलेज प्रमुख रवीन्द्र कर्णले जानकारी दिनुभयो।
दाङको लमही नगरपालिकाबाट गत आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न भएका योजनाको रकम भुक्तानी नहुँदा उपभोक्ता समस्यामा परेका छन्। टोल विकास संस्थाको तर्फबाट निर्माण कार्य गरेका झन्डै दुई सय योजनाको रकम भुक्तानी गर्न बाँकी छ। लमही नगरपालिकाले नगरभित्रका उपभोक्ताले कार्य सम्पन्न गरेका विभिन्न योजनाको नौ करोड ५० लाखभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ।