दसैँ तिहारको चाडपर्वको मुखमा सीमा पारी गएर नेपाली उपभोक्ताले किनमेल गर्न थालेपछि व्यवसायीहरूले जमुनाहा नाकामै पुगेर अवरोध गरेका छन् । स्वदेशमै सामाग्री खरिद गर्न आग्रह गर्दै व्यवसायीहरू नाका पुगेका हुन् ।
सरकारी नीति नियम बन्छन् तर कार्यान्वयन तहमा उल्लङ्घन हुन्छन् भन्ने आमगुनासो छ। त्यस्तो कसरी हुन्छ भन्ने उदाहरण चितवन राष्ट्रिय निकुञ्जको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस बनेको छ। चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा वन तथा वातावरणमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा शुक्रबार भव्य रूपमा मनाइएको कार्यक्रममा दोहोरो रूपमा कानुन र निर्णयको उल्लङ्घन भयो।
तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९ बाट भारती घिमिरे, सुहाना थापालाई सम्मान गरेको छ । रेजिना इन्टर्टेन्मेट प्रा. लि. र सहिद फिल्मस प्रा. लि.को संयुक्त रूपमा आयोजना गरेको यो तेस्रो राष्ट्रिय नवदुर्गा सम्मानबाट उहाँहरू सम्मानित हुनु भएको हो ।
चिसाङ खोला किनारमा बस्दै आएका सरोकारवालाले नदीजन्य पदार्थको टेन्डर लगाउँदा खोलानजिकैको बस्ती र खेतीयोग्य जमिनको संरक्षणमा ध्यान दिन आग्रह गरेका छन्। मोरङको लेटाङ नगरपालिकाले चिसाङ खोलाको नदीजन्य पदार्थ टेन्डर लगाउनु पूर्व शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाले यस्तो आग्रह गरेका हुन्। नगरको विकासमा बर्सेनि छ÷सात करोड रुपियाँको योगदान दिने नदीजन्य पदार्थ उत्खनन गर्दा चिसाङ खोलाले त्योभन्दा ठूलो आर्थिक र वातावरणीय क्षति गरिरहेको सरोकारवालाहरूले बताएका छन्।
जिल्लाको गौमुखी गाउँपालिका–५ खुङमा अरिङ्गाल पोल्ने क्रममा एक जनाको मृत्यु भएको छ । अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि रुखबाट लड्दा कृष्ण थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताउनुभयो ।
सामान्यतया कुनै पनि औपचारिक कार्यक्रम उद्घाटन गर्दा ब्यानर पढ्ने, दियो सल्काउने, गमलामा राखिएको फूलमा पानी हाल्ने, रिबन काट्नेजस्ता कार्य गर्ने गरेको पाइन्छ तर झापाको दमकमा भने फरक रूपमा कार्यक्रमको उद्घाटन गरेर पुराना र मासिन एवं लोप हुन लागेका खोला तथा खोल्सी सफाइ तथा सौन्दर्यीकरणको अभियान सुरु गरिएको छ।
तीन देश जोड्ने उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि नुमसम्मको सडक कालोपत्रे गर्न १४ महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौता भएदेखि यता हालसम्म सात प्रतिशत मात्र भौतिक प्रगति रहेको निर्माण कम्पनीले जनाएको छ।
विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी प्रदेशमा २७ सेप्टेम्बर अर्थात् असोज ११ गते आउने विदेशी पर्यटकलाई विशेष ‘अफर’ दिने गरी सरोकारवालाले प्याकेज घोषणा गरका छन् । ‘पर्यटनका लागि पुनर्विचार गरौँ’ भन्ने मूल नाराका साथ मनाउन थालिएको विश्व पर्यटन दिवसलाई विशेष महŒव दिँदै पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाइमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाको सहकार्यमा यस्तो प्याकेजको घोषणा गरिएको हो ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण गरी लागू गरेको अधिकांश कानुन प्रत्यायोजित विधायनको मान्यताविपरीत भएको देखिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका निकायहरूसँग सम्बन्धित अधिकांश कानुन प्रत्यायोजित विधायन अधिकार मिचेर बनाएको पाइएको हो। सरकारले बनाएको ऐनको मूल उद्देश्य प्राप्त गर्न र ऐनमा भएका विषय कार्यान्वयनका लागि कार्यविधिगत रूपमा आवश्यक पर्ने विषयको सम्बन्धमा कार्यकारिणीलाई थप नियम बनाएर कार्यान्वयन गर्न सक्ने गरी विधायिकी अधिकार तोकिएको हुन्छ र जसलाई प्रत्यायोजित विधायन भनिन्छ।
निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतबार छलफल गर्दै छ। सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसम्बन्धमा दलहरूसँग अन्तक्र्रिया गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको छ।”
संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभाअन्तर्गत विभिन्न सत्रमा उच्चस्तरीय बहस जारी छ। यस क्रममा शक्तिशाली राष्ट्रहरूको समूह जी–७७ र चीन समूहको मन्त्रीस्तरीय बैठकमा नेपालले शुक्रबार राति सहभागिता जनाउने अवसर पाएको छ। सो बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालले सम्बोधन गर्ने अवसर पाउनुभएको छ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–३ की ७० वर्षीया सुन्तलीमाया मगरलाई यतिखेर जङ्गली फल आँटी बेच्न भ्याइनभ्याइ छ। नजिकै आएको बडादशैँ मान्न खर्च जुटाउन आँट (आँटी, सरिफाजस्तै) भरपर्दो स्रोत बनेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “हरेक दिन बिहान झिसमिसेदेखि साँझ झमक्क नहुन्जेल आँट बिक्री भइरहन्छ। बीपी राजमार्ग हुँदै गाडीमा हुइँकिने यात्रु नै मेरा ग्राहक हुन्।” बीपी राजमार्गअन्तर्गत झा“गाझोली रातमाटाको बलराम चोक उहाँको आँटी बेच्ने थलो बनेको छ।
जग्गाधनी पुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–७ र ८ का नागरिकको लालपुर्जा बनाउने विषयमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गाको अन्तिम स्वामित्व किटान गर्न नसक्ने जनाएको छ। नापी कार्यालयले गाउँमा गएर नापी टोलीले सङ्कलन गरेको निवेदनमध्ये ८० थान निवेदनको कागजात भिडाइ जग्गाको अन्तिम स्वामित्व भिडाउन पठाएको निवेदनमाथि काम गर्न नसकिने पत्र मालपोतले पठाएको हो।
चाडपर्वमा हुने गरेको सवारी दुर्घटना रोक्न राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिने भएको छ। चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि शुक्रबारको मन्त्रिपरिषद् बैठकले समिति स्थापना गर्ने निर्णय गरेको थियो। शनिबार गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको समितिको बैठकले ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो। समितिले विभिन्न १४ वटा निर्णयसमेत गरेको छ। गृह मन्त्रालयका अनुसार गन्तव्य स्थलमा छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न नेपाल प्रहरी, यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीको समन्वयमा राजमार्गमा स्थान पहिचान गरी यस्तो कार्ड लागू गर्ने निर्णय गरिएको छ। यो समयमा यात्रुलाई सवारीसाधनको छतमा बसेर वा झुन्डिएर यात्रा गर्न नदिइने भएको छ।
राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया आयोजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ६३ करोड पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा एक अर्ब ८१ करोड ८६ लाख (७२ प्रतिशत) मात्र खर्च भएको छ। आयोजनाका सूचना अधिकारी इन्जिनियर पे्रम लासिवाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भएको खर्चबाट १४.६५ किलोमिटर लम्की नहर निर्माण भएको छ। फिडर क्यानलमा निर्माणाधीन ४.७१ मेगावाट विद्युत्गृहको हाइड्रो मेकानिकल कार्य र पावरहाउसदेखि लम्की सबस्टेसनसम्म ६.५ किलोमिटर ट्रान्समिसन लाइन तयार भएको छ।