• १३ साउन २०८१, आइतबार

ग्राहकलाई सीमा पारी नजान व्यवसायीको आग्रह

blog

नेपालगन्ज, असोज ९ गते । दसैँ तिहारको चाडपर्वको मुखमा सीमा पारी गएर नेपाली उपभोक्ताले किनमेल गर्न थालेपछि व्यवसायीहरूले जमुनाहा नाकामै पुगेर  अवरोध गरेका छन् । स्वदेशमै सामाग्री खरिद गर्न आग्रह गर्दै व्यवसायीहरू नाका पुगेका हुन् ।

चाडपर्व नजिकै आइपुगेपनि नेपालगन्जमा खासै व्यवसाय नभएपछि नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यापारीहरू शनिवार जमुनाहा नाकामा पुगेर नेपाली उपभोक्तासँग उताबाट खरिदारी नगर्न आग्रह गरेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताउनुभयो । 

सिमापारी जानेको भीड बढिरहेको बेला नेपालगन्जका व्यापारीले नाकामा पुगेर नेपाली ग्राहकहरूलाई स्वदेशमै सामान खरिद गर्न आग्रह गरेका छन् । व्यापारीहरूले शनिवार नाकामा पुगेर ‘स्वदेशमै सामान खरिद गरौँ’ भन्ने पर्चा वितरण गरे । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यापारीको टोली जमुनाहा नाकामा पुगेर स्वदेशमै खरिद गर्न आग्रह गरेका हुन् ।

बैङ्कको चर्को ब्याजदर वृद्धि र कारोबारको २०-२५ प्रतिशत मात्र लगानी गर्ने नेपाल राष्ट्र बैङ्कको पछिल्लो नीतिको सङ्घले विरोध गरिरहेको छ । सङ्घले शुक्रवार राष्ट्र बैङ्क अगाडि धर्ना दिएको थियो ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमावारि नै बजार बढाउन स्वदेशमै किनमेल गर्न अनुरोध गर्नुभयो । उहाँले स्वदेशमै किनमेल गर्दा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

Author

सिराज खान