समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ।
काठमाडौं, असोज ८ गते। सरकार र अनशनरत प्रा.डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। शनिबार साँझ पत्रकार सम्मेलन गरेर सरकारसँग भएको सहमति सार्वजनिक भएको हो ।२० औँ सत्याग्रहमा रहनुभएका डा. केसी १३ दिनदेखि आमरण अनशनमा हुनुहुन्थ्यो ।। गरिब, विपन्न जनतासँग जोडिएका उहाँका माग सम्बोधन गर्न सरकारलाई विभिन्न निकायले दबाब दिँदै आएका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीमा अनशनरत डा. केसी थप उपचारका लागि बुधबार काठमाडौं आउनुभएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले 'सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताउनुभएको छ।
शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ।विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले शताब्दी पुरुष जोशी शुक्रबार किस्ट अस्पतालमा भर्ना हुनुभएको हो।
कपिलवस्तुको शिवराज नगरपालिका ३ बलुहवाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंको अशन क्षेत्रमा किनमेल गर्नेको भीड लागेपछि शनिबार त्यस क्षेत्रकाे आवत-जावतमा समेत असर पुगेको छ।
नोवेल थारु आइकनको तेस्रो संस्करण शनिबार मोरङको सुन्दरहरैचा –१ हरैचामा सुरु भएको छ । थारु समूदायका युवाको प्रतिभा छनौट गर्न थारु कला केन्द्र विराटनगरले कार्यक्रमको आयोजना गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नभएको दावी गर्नुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले कांग्रेससँग गठबन्धन गरेर अस्तित्व रक्षा गर्नमा लागेको बताउनुभयो ।
शहरी विकास मन्त्री मेटमणि चौधरीले सबै नेपालीले नागरिकता पाउनुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेस संस्थापन पक्षले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवार चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । काठमाडौंमा शनिबार खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले आपत्ति जनाउनुभएको हो । निर्णय नच्याए पार्टीभित्र विद्रोह हुन सक्ने उहाँहरुले चेतावनी दिनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला शनिबार काँडाघारीमा सम्पन्न ‘छैठौं उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडमा तेस्रो हुनुभएको छ ।
नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् ।
राष्ट्रिय खेलकुदको ट्रफी टुर प्रदेश नं १ को विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित शहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गर्नुभएको थियो ।
गृहमन्त्री बालकृष्ण खाणले संविधानभन्दा माथि कोही नभएको बताउनुुभएको छ । संघीय संसदको दुवै सदनले पारीत गरेर राष्ट्रपतिसमक्ष पठाएको नागरिकता बिधेयक प्रमाणीकरण नभएको संकेत गर्दै जनताले बनाएको संविधान र कानुनभन्दा कोही माथि हुन नसक्ने बताउनुुभएको हो ।
कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।