• १३ साउन २०८१, आइतबार

संविधानभन्दा माथि कोही छैन : गृहमन्त्री खाण

blog

कांग्रेस क्षेत्र नं ३ ले भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाण । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे

लुुम्बिनी, असोज ८ गते । गृहमन्त्री बालकृष्ण खाणले संविधानभन्दा माथि कोही नभएको बताउनुभएको छ । सङ्घीय संसदको दुवै सदनले पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक प्रमाणीकरण नभएको सङ्केत गर्दै जनताले बनाएको संविधान र कानुनभन्दा कोही माथि हुन नसक्ने बताउनुभएको हो । 

नेपाली कांग्रेस रुपन्देही क्षेत्र ३ ले शनिबार भैरहवामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जनतामा निहित सार्वभौम सम्पन्न संविधानभन्दा माथि सरकार पनि नभएको चर्चा गर्नुभयो । 

सरकारले विधि र कानूनको सम्मान गर्दै आएको र भविष्यमा पनि गर्ने भन्दै अरूले पनि संविधान र कानूनको पालना गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । सार्वभौम सत्ता जनतामा निहित भएकाले जनताको निर्णय नै सबैलाई स्वीकार्य हुने बताउनुभयो । नेपाल विविधतामा एकता भएको देश भएको भन्दै यसलाई अवसरको रूपमा लिएर एकले अर्का सम्मान गर्नुपर्ने उहाँको सुझाव छ ।