आगामी मङ्सीर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयले माग गरेको सङ्ख्याभन्दा दोब्बर बढीले आवेदन पेश गर्नुभएको छ । बेरोजगारी समस्या भएपछि युवा युवतीमा छोटो समयका लागि भए पनि रोजगारी प्राप्त हुने हुुँदा म्यादी प्रहरीका लागि आकर्षण बढेको हो ।
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ ।
नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ ।
जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्टी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँ दिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ ।
शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्याली गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले पनि सफलता चुम्न सक्ने बताउनुुभएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका–४ निवासी ४५ वर्षीय विष्णु थापामगर रहेका छन् ।
सव डिभिजन वन कार्यालय औरहीले रामगोपालपुर नगरपालिका–५ स्थित जय माँ काष्ठ उधोगमा शनिबार छापा मारेर साखु जातको करिव ३० क्युफिट काठ नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र शिक्षा सल्लाहकार रेशु अर्यालले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमको निरीक्षण गर्नुभएको छ ।
डोल्पोबुद्ध गाउँपालिका–१, धोस्थित स्टार माउन्टेन नजिकै खोला तर्दै चौँरी । उपल्लो डोल्पामा दूध उत्पादन र दैनिक ढुवानीमा चौँरी प्रयोग गर्ने गरिएको छ ।
जुम्लाको तातोपानी गाउँपालिकामा रहेको गिडिदह (ताल) मा पहिलो पटक सरकारी टोली पुगेको छ । जुम्लाको ठूलो तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदह तालको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्वन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, ईन्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुसहित त्यहाा पुगेको हो ।
चन्द्रकोट गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई कानुनी व्यवस्थाबारे जानकारी गराउन कानुनी शिक्षा प्रदान गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । भर्खरै निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो अधिकार र कर्तव्य अन्र्तगत कानूनी ब्यबस्थाका बारेमा जानकारी गराउँदा कार्य सम्पादन, सभा सञ्चालनमा स्पष्टता हुने केसीको दाबी छ ।
महोत्तरीको दक्षिणवर्ती मटिहानी नगरपालिकामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । घाँस काट्न गएकी मटिहानी १ धिरापुरकी ४० वर्षिया अमना खातुन मृत अवस्थामा फेला परेको हो । मृतकको शव गाउँदेखि करिब एक किमी पूर्व बिगही खोलाको खोइर भन्ने ठाँउको बाँस घारीमा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
नेपाली समाज राजनीतिक रूपमा निकै धुव्रीकृत हुँदै गएको छ। राजनीति सही रूपमा अगाडि बढ्न नसकेका बेला राजनीतिक नेतृत्वबाट हुने स्वार्थकेन्द्रित निर्णयले यसलाई मलजल गरिरहेको छ। अहिलेको पछिल्लो राजनीतिक तथा संवैधानिक घटनाक्रमलाई हेर्दा पनि संविधान र प्रक्रियाका आधारमा भन्दा पनि दलीय आस्थाका आधारमा विश्लेषण गर्दै दुई पक्षमा समाज विभाजित भइरहेको छ। यस्ता घटना त्यसैका प्रभाव हुन्। नेपालको राजनीतिले सही गति पक्डन नसकेको दृष्टान्त हेरौँ। जहानियाँ शासन ढालेर प्रजातन्त्र आयो तर टिकेन। अझ राम्रो गर्छु भन्दै राजाले पञ्चायती व्यवस्थाको नाममा निरङ्कुशतन्त्र चलाए त्यो पनि टिकेन। बहुदलीय व्यवस्थाका पुनस्र्थापना भयो, त्यसले पनि अपेक्षित गति लिन सकेन। राजनीतिक अस्थिरता, संसद् विघटन, सत्ताकेन्द्रित गतिविधिले मात्र प्राथमिकता पाउने अवस्था देखियो।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पित्त थैलीको पत्थरी सेवा सञ्चालन भएको छ । केन्द्रमा बिहीबार गरिएको पत्थरी शल्यक्रिया सफल भएको छ । शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक गरिएको केन्द्रले जनाएको छ । जिल्लामै पहिलो पटक पत्थरी सफल अप्रेशन गरिएको केन्द्रको दाबी छ ।