गृहमन्त्री बालकृष्ण खाणको निर्देशनसँगै लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् ।
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरु रहेको स्वीकार गर्नु भएको छ ।
औलोसँग लडेर मधेसलाई गुल्जार गर्ने धर्तीपुत्र जनताले बिना झन्झट नागरिकता पाउनु पर्ने नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभएको छ । कपिलवस्तुमा आयोजित पार्टी प्रवेश तथा बृहत जनसभामा उपमहासचिव ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएको छ।
नेपाली कांग्रेसले सल्यानको कपुरकोट गाउँपालिका ३, मूलपानीमा बुधबार विहान भएको दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । सो दलका प्रवक्ता डा. प्रकाशशरण महतले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।
चाडपर्व सूरु भएसँगै सवारी दुर्घटना बढेपछि कपिलवस्तुमा टाइम कार्ड लागु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागु भएको हो ।
उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।
निर्वाचन अयोगले आज (बुधबार)बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ ।
नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको बताइएको छ । साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख १६ हजार जना विस्थापित भएका छन् ।
अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुग्नु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि) को तथ्याङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमण्बाट ३६ जनाको मृत्यु भएको छ ।
हाल युक्रेनको भ्रमणमा रहनुभएका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
दशैँ, तिहार र छठलगायतका चाडपर्व तथा आसन्न निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न बाँकेमा विशेष सुरक्षा योजना लागू गरिएको छ ।
काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ ।
यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ट्राफिक प्रहरीले काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो ।