• ११ असोज २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

blog

लिला झापाली
बिर्तामोड, असोज ८ गते ।
 झापामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका–४ निवासी ४५ वर्षीय विष्णु थापामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेची राजमार्गअन्तर्गत मेचीनगर १२ स्थित पिपलडाँगीमा शुक्रबार राति करिब ११ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सिग्देल र थापामगरको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा परी प्र–१–०१–०१४ प ३३५० मोटरसाइकलको पछाडि सवार कनकाई– ४ निवासी रामबहादुर अधिकारी घाइते भएका छन् ।

प्रहरीले दुवै मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।