• १३ साउन २०८१, आइतबार

बस र ट्रक एक आपसमा ठोक्किँदा एकको मृत्यु, ४९ घाइते

blog

एक आपसमा ठोक्किएको ना७ख ५९५९ नम्बरको बस र ना५ख ५६६५ नम्बरको ट्रक । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु असोज ८ गते । 
कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।

काठमाडौंबाट दाङतर्फ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र ना ५ ख ५६६५ नम्बरको ट्रक शनिबार दिउँसो ३ बजे एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ट्राफिक प्रहरी निरीक्षक योगेन्द्र तिमिलसिनाले मृत्यु हुने महिलाको सनाखत भई नसकेको जानकारी दिनुभयो ।

घाइतेमध्ये २० जनाको स्थानीय बुद्धपोली क्लिनिक र ११ जनाको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।