• १३ साउन २०८१, आइतबार

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पक्राउ

blog

भरुवा बन्दुकसहित पक्राउ परेका प्रेम थारुलाई सार्वजनिक गर्दै कपिलवस्तु प्रहरी। तस्बिरः नारद कोहार।

नारद कोहार

तौलिहवा, असोज ८ गते। कपिलवस्तुको शिवराज नगरपालिका ३ बलुहवाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सोही शिवराज नगरपालिका ३ बलुहवाका २७ वर्षीय प्रेम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।

बलुहवाबाट उत्तर जंगलतर्फ जाँदै गरेको अवस्थामा उहाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो। थारुको साथबाट एक नाले भरुवा बन्दुक, प्लाष्टिकको डब्बामा रहेको सयग्राम बारुद र पाँच पिस छर्रासहित प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको हो।