केही वर्षअघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायातको सुविधा लिन निकै मुस्किल थियो। यातायात चढ्नैपर्ने अवस्था आए घण्टाैँ लगाएर मेची र कोसी राजमार्ग पुग्नुपथ्र्यो। यो क्षेत्रका बासिन्दा दैनिक उपभोग्यलगायतका सामग्री घण्टाैँ लगाएर बोकेरै जोहो गर्ने गरेकामा अब भने अवस्था फेरिएको छ। तमोर कोरिडोर सडकमा सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै सहज भएको छ।
सिन्धुपाल्चोकको खाडीचौर बजारमा अरनिको राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचना र फुटपाथमा राखिएका सामान हटाउने अभियान सुरु गरिएको छ।
आज (सोमबार) हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।
सरकारले विद्युतीय राहदानी वितरण गर्ने प्रक्रिया सुरु गरे पनि प्रक्रिया झन्झटिलो भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्। विद्युतीय राहदानी जारी भएको महिनौ बितिसक्दा पनि सेवाग्राहीले राहदानी लिन अनलाइन फाराम भर्न बिहानको दुई बजेदेखि नै लाइनमा बसेर सेवा लिनुपर्ने बाध्यता रहेको कावासोतीका गोपाल बस्ताकोटीले बताउनुभयो। विद्युतीय राहदानी प्रणाली लागू भएपछि अनलाइन फाराम भर्न सेवाग्राही हरेक दिन रातिदेखि लामबद्ध भएर फाराम भर्न लागिपरे पनि यो व्यवस्थित बन्न नसक्दा महिनौँसम्म पनि राहदानीको अनलाइन कोटा सकिएको भन्दै फाराम भर्न नै नपाएको बुलिङटारका सेवाग्राही रुमबहादुर मगरले गुनासो गर्नुभयो।
जिल्लामै पहिलो पटक दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयका तल्ला कक्षामा स्मार्ट बुक प्रविधिबाट सुरु गरिएको पठनपाठन अब्बल देखिएको छ।
चर्को आलोचनापछि गण्डकी प्रदेश सरकारले बढाएको करको दायरा घटाउने निर्णय गरेको छ। प्रदेश सरकारले करको दायरा घटाएर गत वर्षकै दर कायम गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले पेस गरेको ६६ प्रतिशत कर छुटको प्रस्ताव पारित गर्नुका साथै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ठाडो प्रस्ताव गरी अन्य तीन शीर्षकको करमा गत आर्थिक वर्षकै दरअनुसार कायम गर्ने निर्णय गराउनुभयो। उक्त निर्णयसँगै चालू आर्थिक वर्षमा आर्थिक ऐन, २०७९ मार्फत बढेको कर घटेको छ। मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०७९ को अनुसूची १ को (क) अन्तर्गत घरजग्गालगायतमा रजिस्ट्रेसन शुल्क र घरजग्गा रोक्का शुल्कको क्रम सङ्ख्या ४ अंशबण्डा तथा अंश भर्पाईको लिखतको खण्ड (क), (ख), (ग), (घ), (ङ) मा उल्लेख भएको रजिस्ट्रेसन शुल्कको दर गत वर्षकै कायम गर्ने निर्णय गरेको छ। अनुसूची–१ को क्रमसङ्ख्या (छ) को खण्ड (क) मा उल्लेख भएको तीन पुस्ताभित्रको नामसारी र खण्ड (ख) मा उल्लेख भएको तीन पुस्ताबाहिरको नामसारी गर्दा लाग्ने शुल्क गत आर्थिक वर्षकै कायम गरेको छ। अनुसूची–२ को (क) सवारीसाधन करअन्तर्गत प्रकरण ९२० को भाडामा दर्ता भएका सवारीसाधन करअन्तर्गत खण्ड (क) देखि खण्ड (झ)सम्म लाग्ने सवारीसाधन कर पनि गत आवकै दरमा झारिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको आर्थिक अवस्था तथा व्यावसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ताभित्र सुझाव दिन समिति गठन गर्नुभएको छ । आइतबार मन्त्री शर्माले अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गर्नुभएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल बैङ्कर्स सङ्घलगायत सरोकारवाला निकायका प्रतिनिधि सहभागितामा मन्त्रालयमा भएको बैठकमा नेपालको आर्थिक अवस्थाबारे छलफल भएको थियो ।
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा एक महिलाले एकै पटकमा तीन शिशुलाई जन्म दिनुभएको छ।
कच्चा तेलको भन्सार महसुल कटौती भएपछि खाने तेलको मूल्य घटेको छ । सरकारले भदौ २१ गते कच्चा तेलको आयातमा लाग्ने महसुल कटौती गरेपछि खाने तेलको मूल्य प्रतिलिटर २० रुपियाँले सस्तिएको हो । असारसम्म बढेको खाने तेलको मूल्य साउनयता भने घटिरहेको छ । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडबाडको मुखमा उपभोक्तालाई राहत थपेको हो । पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाका अनुसार कच्चा पदार्थको मूल्य वृद्धिका कारण असारमा महँगिएको खाने तेल अहिले सस्तिएको हो ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । ठोरी ऐतिहासिक बस्ती भएको बताउनुहुँदै उहाँले यो बस्तीको विकासमा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।
चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिना (साउन–भदौ)सम्मको तथ्याङ्कअनुसार नेपालले कुल तीन खर्ब दुई अर्ब २८ करोड रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७० प्रतिशतले कम हो । गत वर्षको भदौसम्म कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ५८ अर्ब ५५ करोड रुपियाँ थियो ।
मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा वर्षाको बाढीले पुल बगाएपछि सोही स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिने भएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गत एक वर्षमा अस्पतालमा उपचार गराउन आएकामध्येमा छ हजार ६३ जना नयाँ क्यान्सरका रोगी थपिएको जानकारीदिएको छ ।
सुरेशकुमार यादवकाठमाडौँ, असोज १० गते । दशैँ भन्नेबित्तिकै राम्रो लगाउने र मीठो खाने बेला हो । नेपालीको मीठो खानामा मासु पर्ने नै भयो । त्यसैले चाडपर्वमा खासगरी दशैँमा मासुको खपत बढी हुन्छ । गरिब होस् या धनी, दशैँमा मासुको जोहो गर्नेपर्ने बाध्यता जस्तै हुन्छ । दशैँमा मासुको खपत बढी हुने भएपछि त्यसैअनुसारको आपूर्ति पनि हुनुपर्छ । गाउँघरतिर किसानले दशैँका लागि भनेर अघिदेखि नै खसीबोका, च्याङ्ग्रा, राँगो, भेडा, हाँस, कुखुराको जोहो गरेका हुन्छन् तर सहर बजारतिर भने दशैँकै बेला किन्नुपर्ने बाध्यता छ । त्यसैले दशैँका बेला गाउँगाउँबाट सहर बजारमा खसीबोकालगायतका पशुपन्छी पु¥याइन्छन् । यतिले मात्रै नपुगेर तिब्बत र भारतबाट पनि खसीबोका, च्याङ्ग्रा आयात गरिन्छ । ५ प्रतिशत आयात२०७७ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मासुजन्य पदार्थमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको थियो तर अझै तयारी मासु आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छैन । दशैँका बेला मासु र खसीबोका आयात भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ । अरू बेला भने स्वदेशी उत्पादनले पुगिरहेको छ ।“विदेशबाट थोरै मात्रामा आयात गर्नुपर्छ, त्यसले गर्दा मासुमा नेपाल लगभग आत्मनिर्भर नै छ,” पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले भन्नुभयो । उहाँका अनुसार नेपाललाई चाहिने ९५ प्रतिशत मासु नेपालमै उत्पादन हुन्छ । करिब ५ प्रतिशत मासु आयात हुन्छ । दशैँमा सबैभन्दा बढी खपत हुने खसीको मासु हो तर खसीको मासुसँगै कुखुरा, हाँसलगायत चराजन्य मासु तथा माछाको माग पनि बढ्छ । त्यसले गर्दा मासुसँगै माछाको खपत पनि दशैँमा बढेको देखिन्छ ।गत वर्षको तथ्याङ्क हेर्ने हो भने ३९८ मेट्रिक टन मात्र मासु आयात भएको छ । गत वर्ष ५५ हजार वटा खसी आयात भएको थियो, यो निकै कम हो । त्यसलै नेपाल मासुमा आत्मनिर्भर रहेको उहाँले दाबी गर्नुभयो । स्वदेशमा पाँच लाख टन उत्पादननेपालमा भैँसी, राँगो, खसी, बोका, सुँगुर, बङ्गुर, कुखुरा, हाँस, भेडा, च्याङ्ग्रालगायतको मासु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष भँैसी, राँगो, खसी, बोका, सुँगुर, बङ्गुर, कुखुरा, हाँस, भेडाको सङ्ख्या नौ करोड ४८ लाख ३० हजार थियो । गत वर्ष पाँच लाख २० हजार ७४२ मेट्रिक टन मासु उत्पादन भएको थियो । उत्पादन भएका सबै मासु नेपालमै खपत हुने गरेका छन् । प्रतिव्यक्ति १८.१ केजी खपतनेपालीले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले तोकेको न्यूनतम मापदण्डभन्दा बढी मासु उपभोग गर्छन् । सङ्गठनले एक जना व्यक्तिले वर्षमा कम्तीमा १४ केजी मासु उपभोग हुनुपर्ने देखाएको छ । यसका आधारमा नेपालमा मासुको न्यूनतम आवश्यकता नै तीन लाख ८० हजार मेट्रिक टन हुन आउँछ । जब किनेपालमा पाँच लाख मेट्रिक टनभन्दा बढी मासु उत्पादन हुन्छ । विभागका अनुसार नेपालमा एक जनाले औसतमा वार्षिक १८.१ केजी मासु खाइरहेका छन् । यो तथ्याङ्कले पनि नेपाल मासुमा आत्मनिर्भर रहेको पुष्टि हुन्छ तर दशैँजस्तो चाडपर्वमा केही अपुगजस्तो देखिने गरेको छ । प्रवक्ता ढकालका अनुसार अन्य समयभन्दा दशैँमा मासुको खपत बढी हुन्छ । दशैँकै सात दिनमा मात्र ९१ हजार ९०६ मेट्रिक टन मासु खपत हुन्छ । यसमा कुखुरा र हाँसको तथ्याङ्क समावेश छैन । दशैँमा मात्र करिब ३० लाख खसीबोका, तीन हजार दुई सयवटा च्याङ्ग्रा, एक हजार पाँच सयवटा राँगा र ९१ हजार किलो माछा खपत हुने पशु सेवा विभागले जनाएको छ ।
उपत्यकाबाट बाहिर जाने सवारी साधनको यान्त्रिक परीक्षण गर्ने कार्य सुरु भएको छ । आइतबारदेखि दशैको अवसरमा सवारीसाधनबाट घर जाने यात्रुहरूको भीडलाई लाग्न थालेसँगै सुरक्षित यात्राका लागि यान्त्रिक परीक्षण सुरु गरिएको हो ।