संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गर्नुभएको छ । क्यानडाको मड्रियल सहरमा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु सहभागि हुनेछन् ।
दाङ हुँदै पश्चिमरुकुम जोड्ने राप्ती लोकमार्ग स्तरोन्नति हुन सकेको छैन। तुलसीपुर–सल्यान हुँदै रुकुमसम्म पुग्ने यस सडकको पूरै सडक खण्ड जीर्ण भएको छ। अधिकांश सडकमा लगाइएकोे ओटासिल उप्किएको छ। सडकमा ठूलाठूला खाल्डा परेका छन्। मुख्य सडकसँगै प्रदेश राजधानी जोड्ने र सदरमुकाम जोड्ने सहायक सडकको अवस्था पनि उस्तै खराब छ। सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ।
जग्गा विवादका कारण विगत ६ वर्षदेखि अलपत्र पर्दै आएको बुटवल १७ मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अव अघि बढ्ने भएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा महोत्तरीमा आगन्तुकलाई भोजन र आवासमा ठूलो छुट दिने घोषणा गरिएको छ। सडक महोत्सव र सांस्कृतिक झाँकीजस्ता पहिचानमूलक कार्यक्रमको तयारीमा व्यवसायी जुटेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबासस्थित संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिले जिल्लामा पहिलो पटक पर्यटन दिवसलाई भव्यतासाथ मनाउन औपचारिक तयारी गरेको हो।
दशैँ सुरु भएसँगै सर्लाहीमा खसीबोकाको व्यापार बढेको छ। किसानले गाउँबाट खसीबोका बिक्रीका लागि बजारमा ल्याउन थालेका छन्। वर्षभरि पालेको खसीबोका बेचेरै किसानले दशैँ, तिहारजस्ता मुख्य चाडपर्वको खर्च टार्ने गरेका छन्। लालबन्दी नगरपालिका–१३, नारायण डाँडाका किसान बलबहादुर थिङले खसीबोका बेचेरै बर्सेनि दशैंको खर्च टार्दै आइरहेको बताउनुभयो। “दशैँका लागि मरमसला, लुगाफाटा र दक्षिणाको जोहो खसीबोका बेचेरै गर्ने हो,” थिङले भन्नुभयो, “हाम्रोतिरबाट किसानले ध
केही वर्षअघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायातको सुविधा लिन निकै मुस्किल थियो। यातायात चढ्नैपर्ने अवस्था आए घण्टाैँ लगाएर मेची र कोसी राजमार्ग पुग्नुपथ्र्यो। यो क्षेत्रका बासिन्दा दैनिक उपभोग्यलगायतका सामग्री घण्टाैँ लगाएर बोकेरै जोहो गर्ने गरेकामा अब भने अवस्था फेरिएको छ। तमोर कोरिडोर सडकमा सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै सहज भएको छ।
सिन्धुपाल्चोकको खाडीचौर बजारमा अरनिको राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचना र फुटपाथमा राखिएका सामान हटाउने अभियान सुरु गरिएको छ।
आज (सोमबार) हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।
सरकारले विद्युतीय राहदानी वितरण गर्ने प्रक्रिया सुरु गरे पनि प्रक्रिया झन्झटिलो भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्। विद्युतीय राहदानी जारी भएको महिनौ बितिसक्दा पनि सेवाग्राहीले राहदानी लिन अनलाइन फाराम भर्न बिहानको दुई बजेदेखि नै लाइनमा बसेर सेवा लिनुपर्ने बाध्यता रहेको कावासोतीका गोपाल बस्ताकोटीले बताउनुभयो। विद्युतीय राहदानी प्रणाली लागू भएपछि अनलाइन फाराम भर्न सेवाग्राही हरेक दिन रातिदेखि लामबद्ध भएर फाराम भर्न लागिपरे पनि यो व्यवस्थित बन्न नसक्दा महिनौँसम्म पनि राहदानीको अनलाइन कोटा सकिएको भन्दै फाराम भर्न नै नपाएको बुलिङटारका सेवाग्राही रुमबहादुर मगरले गुनासो गर्नुभयो।
जिल्लामै पहिलो पटक दोलखाको भीमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयका तल्ला कक्षामा स्मार्ट बुक प्रविधिबाट सुरु गरिएको पठनपाठन अब्बल देखिएको छ।
चर्को आलोचनापछि गण्डकी प्रदेश सरकारले बढाएको करको दायरा घटाउने निर्णय गरेको छ। प्रदेश सरकारले करको दायरा घटाएर गत वर्षकै दर कायम गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीले पेस गरेको ६६ प्रतिशत कर छुटको प्रस्ताव पारित गर्नुका साथै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ठाडो प्रस्ताव गरी अन्य तीन शीर्षकको करमा गत आर्थिक वर्षकै दरअनुसार कायम गर्ने निर्णय गराउनुभयो। उक्त निर्णयसँगै चालू आर्थिक वर्षमा आर्थिक ऐन, २०७९ मार्फत बढेको कर घटेको छ। मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०७९ को अनुसूची १ को (क) अन्तर्गत घरजग्गालगायतमा रजिस्ट्रेसन शुल्क र घरजग्गा रोक्का शुल्कको क्रम सङ्ख्या ४ अंशबण्डा तथा अंश भर्पाईको लिखतको खण्ड (क), (ख), (ग), (घ), (ङ) मा उल्लेख भएको रजिस्ट्रेसन शुल्कको दर गत वर्षकै कायम गर्ने निर्णय गरेको छ। अनुसूची–१ को क्रमसङ्ख्या (छ) को खण्ड (क) मा उल्लेख भएको तीन पुस्ताभित्रको नामसारी र खण्ड (ख) मा उल्लेख भएको तीन पुस्ताबाहिरको नामसारी गर्दा लाग्ने शुल्क गत आर्थिक वर्षकै कायम गरेको छ। अनुसूची–२ को (क) सवारीसाधन करअन्तर्गत प्रकरण ९२० को भाडामा दर्ता भएका सवारीसाधन करअन्तर्गत खण्ड (क) देखि खण्ड (झ)सम्म लाग्ने सवारीसाधन कर पनि गत आवकै दरमा झारिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको आर्थिक अवस्था तथा व्यावसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ताभित्र सुझाव दिन समिति गठन गर्नुभएको छ । आइतबार मन्त्री शर्माले अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गर्नुभएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल बैङ्कर्स सङ्घलगायत सरोकारवाला निकायका प्रतिनिधि सहभागितामा मन्त्रालयमा भएको बैठकमा नेपालको आर्थिक अवस्थाबारे छलफल भएको थियो ।
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा एक महिलाले एकै पटकमा तीन शिशुलाई जन्म दिनुभएको छ।
कच्चा तेलको भन्सार महसुल कटौती भएपछि खाने तेलको मूल्य घटेको छ । सरकारले भदौ २१ गते कच्चा तेलको आयातमा लाग्ने महसुल कटौती गरेपछि खाने तेलको मूल्य प्रतिलिटर २० रुपियाँले सस्तिएको हो । असारसम्म बढेको खाने तेलको मूल्य साउनयता भने घटिरहेको छ । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडबाडको मुखमा उपभोक्तालाई राहत थपेको हो । पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाका अनुसार कच्चा पदार्थको मूल्य वृद्धिका कारण असारमा महँगिएको खाने तेल अहिले सस्तिएको हो ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । ठोरी ऐतिहासिक बस्ती भएको बताउनुहुँदै उहाँले यो बस्तीको विकासमा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।