काठमाडौं, असोज १० गते । टेलिसिरियल 'सहारा' निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल 'सहारा'को शुभ मुहूर्तसँगै छायाङ्कनसमेत सुरु गरिएको हो । प्रज्ञा जोशीको लगानीमा निर्माण हुन लागेको यस सिरियलमा लेखन तथा निर्देशन सरोज दाहालको रहनेछ । 'सहारा' एउटा पारिवारिक तथा सामाजिक कथा बोकेको टेलिसिरियल हो," निर्माता जोशीले भन्नुभयो, "सिरियलले एउटी बिधुवा अपाङ्ग भएपछि समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पिडा र सहाराको कथा यसमा बुनिएको छ ।" 'सहारा'मा आजे सिंह, सरोज दाहाल, पूर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रिंयका दाहालका अभिनय रहने छ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायाङ्कन तथा सम्पादन र प्रिया नगरकोटीकको श्रृगांर रहने छ ।
स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचित अध्यक्ष उपाध्यक्षसहित ५९८ जना कारवाहीमा परेका छन् । निर्वाचन आयोगले कारवाही गरेको सूचीमा निर्वाचित भएका गाउँपालिकाका अध्यक्षहरुमा अदानचुली गाउँपालिकाका मोहनबिक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका बिजय भण्डारी र नाम्खा गाउँपालिकाका प्रेमबहादुुर लामा रहनुुभएको छ ।
संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथि कुठराघात भएको बताउनुभएको छ । नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ भैरहवामा पार्टीले स्थापना गरेको सम्पर्क कार्यालयको सोमबार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताउनुभएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि)को तथ्याङ्क अनुसार नेपालमा २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ भने ३२ जनाको मृत्यु भएको छ ।
यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्षका बीचमा छलफल भएको छ ।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थरुरले उम्मेदवारी दर्ता गर्नुहुने भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।
काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा सोमबार विधिवत् रुपमा जमरा राखिएको छ ।
नेपाल माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । माल्दिभ्समा आइतबार राति भएको खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१-४७ अंकले पराजित भयो ।
जिल्लाको पूर्वी भेग रामपुरमा इलाका प्रशासन कार्यालय रामपुरको नयाँ भवन निर्माण सुरु भएको छ । भाडामा बस्दै आएको प्रशासनको रामपुर–५ स्थित बेझाडमा तीन तले भवन बनाउन सुरु गरिएको हो ।
स्थानीय तह निर्वाचन–२०७९ मा खर्च विवरण नबुझाउने बागलुङका आठ सय ११ जना उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गरिएको छ। निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने व्यवस्थालाई नजर अन्दाज गर्ने उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालय बागलुङले जरिवाना गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तह रहेको बागलुङमा २७९ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ। बागलुङमा चार नगरपालिकामा प्रमुख र उपप्रमुख पदका १९ जना र छ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका २६ जनाले निर्वाचनको खर्च विवरण समयमा बुझाएका छैनन्। यस्तै वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवार बनेका नगरपालिकाका ४०७ जना र गाउँपालिकाका ५९ जनाले खर्च विवरण नबुझाएको जिल्ला
जिल्लामा उत्पादन हुने स्थानीय रैथाने बाली खरिद हुने भएपछि किसानहरू उत्साहित भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यस वर्ष सिमकोट गाउँपालिकासँग रैथाने बाली खरिदको लागि सम्झौता भएको भएको हो ।