काठमाडौं, असोज १० गते। रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुभएको छ। सोमबार पार्टी अध्यक्ष समीक्षा बास्कोटालाई बुझाएको राजीनामा पत्र मिश्रले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्नुभएको हो। मिश्रले एक वर्षदेखि आफू नरम संवद्र्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरणको प्रयासमा रहेको र त्यसका लागि पार्टी परिवर्तन गर्नुपरेको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ। ‘झण्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुविकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ। अन्ततोगत्वा सो प्रयासको पहिलो महत्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ। त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु’, अध्यक्ष बास्कोटालाई बुझाएको राजीनामा पत्रमा मिश्रले लेख्नुभएको छ। उहाँले यो आफ्नो जीवनकै कठिनतम निर्णय भएकोसमेत उल्लेख गर्नुभएको छ।
जनकपुरधाम पिडरियामाई स्थान मन्दिरद्वारा आयोजित कलश यात्रामा सहभागी भक्तजन गङ्गासागरबाट कलशमा जल भरेर मन्दिरतर्फ आउँदै ।
सुर्खेतको सिम्ता गाउँपालिका–६स्थित राकम गाउँ र गाउँमा लगाइएको मकैबाली । सो गाउँ भेरी नदीको किनारमा समथर भूभाग भए पनि पर्याप्त सिँचाइको सुविधा नहुँदा मुस्किलले दुई बाली उत्पादन हुन्छ ।
विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
मेची राजमार्गसहित इलाम जिल्लाका एक सय ४३ सडकमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ । अत्यधिक रुपमा भाडादर बृद्धि भएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामको पहलमा मेची राजमार्ग र अन्य सहायक मार्गमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर कायम गरिएको हो ।
नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रंगशालामा आयोजना हुने मैत्रीपूर्ण खेलमा दुवै टोलीले जित निकाल्ने दावी गरेका छन् ।
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कराँतेको प्रतिस्पर्धा पर्वतमा हुने भएको छ । आगामी असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म पर्वतको कुश्मामा कराँतेको राष्ट्रिय प्रतियोगिता हुने भएको हो ।
नवौँ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेश छनोट अन्तर्गत नेपालगन्जमा जारी खेलमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७ खेलाडीले उसुतर्फ ७ स्वर्ण पदक जितेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सबैभन्दा अग्लो भनिएको निर्माणाधिन बहुआयामिक दमक भ्यू टावरको निरीक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र ५ अन्तर्गत दमक वडा –३ दाँपगाछीमा निर्माणाधिन भ्यू टावरको निरीक्षण गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय नेपाली समाज, भाषा साहित्य समितिका अध्यक्ष साहित्यकार डा.जानुका पौडेल नेपालद्वारा लिखित कथा संग्रह ‘तनुजा’को सोमबार विमोचन गरिएको छ ।
मङ्सिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।
गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ।
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ।
ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको छ।