• १३ साउन २०८१, आइतबार

सुरक्षित यात्राको कामना गर्दै चालकलाई फूलमाला

blog

माला लगाएर चालकलाई हौसला प्रदान गर्दै ट्राफिक प्रहरी । तस्बिर : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १० गते । ट्राफिक प्रहरीले सवारी साधनका चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको छ। 

ट्राफिक प्रहरीले चाडपर्व लक्षित चल्ने लामो दूरीका सवारी साधनका चालकलाई काठमाडौंको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको हो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीसहितको टोलीले चालकलाई सोमबार माला लगाएर सुरक्षित यात्राको कामना गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो। 

उहाँका अनुसार दशैं, तिहारलगायत पर्व मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढेको छ। यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको प्रहरीको भनाइ छ ।