• ७ चैत २०८२, शनिबार

आजको मौसम: हल्का देखि मध्यम वर्षाको सम्भावना

blog

काठमाडौँ, असोज १० गते । आज (सोमबार) हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली  रहेको छ।  प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा  हल्का वर्षा भइरहेको छ। 
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकोले अझै केही दिन वर्षा हुने महाशाखाले जनाएको छ । आज दिनभर जसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।