• १३ साउन २०८१, आइतबार

मेलम्ची नदीमा ह्युमपाइप राखेर सडक सञ्चालन

blog

मेलम्ची नदीको फट्टेमा ह्युमपाइप राखेर सडक सञ्चालन गरिदैं । तस्बिर: चित्र मिजार

सिन्धुपाल्चोक, असोज ९ गते । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा बाढीले पुल बगाएपछि सोही स्थानमा ह्युमपाइप राखेर सडक सञ्चालन गरिन लागिएको छ । 

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले चाडपर्व नजिकिएपछि आवतजावत गर्न सहजताका लागि नदीमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्न काम थालिएको जानकारी दिनुभयो । अहिले ह्युमपाइप राखिने काम धमाधम थालिएको छ । त्यसैसरि इन्द्रावती नदीमा पनि ह्युम पाइप राखेर सडक सञ्चालन गर्ने उहाँले बताउनुभएको छ ।

ह्युमपाइप राखेर सडक सञ्चालन भएपछि दुवा चौर, केउरनी, बरुवा, शेर्माथान आउजाउमा सहज हुने र मेलम्ची तिपेनी भोताङका साथै सदरमुकाम पुग्ने चौतारा नवलपुर सडकमा सहजै आउजाउ गर्न सकिने मेयर तामाङले बताउनुभयो ।

Author

चित्र मिजार