• १३ साउन २०८१, आइतबार

नेपाल टेलिकमको दशैँ अफर

blog

काठमाडौँ, असोज ९ गते । नेपाल टेलिकमले दशैँको अवसरमा असोज ९ गते आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैँ अफर उपलब्ध गराउने भएको छ । यी अफर असोज २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

डाटा प्याकअन्तर्गत २९४ रुपियाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपियाँमा छ जीबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपियाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसका रूपमा डाटा प्याक उपलब्ध गराइनेछ । दुई सय रुपियाँदेखि ४९९ रुपियाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र पाँच सय रुपियाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । 

पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने दुई सय मिनेटको निःशुल्क भ्वाइस ओभर एलटीई सेवा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।