• १६ भदौ २०८१, आइतबार

नेपालगञ्जमा ‘प्रेमगीत–३’ हेर्न दर्शकको ओइरो

blog

नेपालगञ्ज, असोज ९ गते । नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत–३’ले नेपालगञ्जमा दर्शकको उत्सहाजनक उपस्थिति पाएको छ । 

नेपालगञ्जस्थित वागेश्वरी सिनेमाजमा दर्शकको मागबमोजिम एकै दिन ‘प्रेमगीत–३’को नौ सोसम्म देखाइएको छ । कुनै पनि चलचित्र प्रदर्शन हुँदा प्रायःजसो तीन सो देखाइने गरेकोमा ‘प्रेमगीत–३’प्रति दर्शकको आकर्षण देखेर एकै दिन नौ सो प्रदर्शन गरिएको सिनेमाहलका प्रबन्धक सञ्जीव शाक्यले बताउनुभयो । दर्शकले चलचित्रका नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङको अभिनयको प्रशंसा गर्दै नेपाली कलाकारले अन्य देशका कलाकारलाई कडा टक्कर दिइरहेको जनाएका छन् ।